Main News 1

पोखराकाे विन्ध्यावासिनी मन्दिरमा नवदुर्गा महोत्सव असाेज ६ देखि
गण्डकी । पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुुर्गा महोत्सव सञ्चालन हुन लागेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने छ । यस अवधिमा प्रत्येक दिन...
संविधानको रक्षाको लागि शान्ति र्‍याली प्रदर्शन
पोखरा । संविधान दिवस २०८२ को अवसरमा पोखरामा शान्ति र्‍याली प्रर्दशन गरिएको छ । शान्ति र लोकतन्त्रको लागि पेशागत सञ्जाल (पापड)को आयोजनामा ¥याली आयोजना गरिएको हो । र्‍यालीमा अधिवक्ता, पत्रकार लगायत पेशाकर्मीहरु सहभागी भएका थिए । उच्च अदालत पोखरा अगाडिबाट सुरु भएको शान्ति र्‍याली मुस्ताङचोक, राष्ट्रबैंक चोकहुँदै साहिदचोकमा पुगेर समापन भएको थियो । भ्रष्टाचारको अन्त्य,...
देउवा दम्पतीको स्वास्थ्य सुधाराेन्मुख
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्य सुधाराेन्मुख रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री राणाको स्वास्थ्य सुधाराेन्मुख रहेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “उहाँहरू हामीसँग सुरक्षित हुनुहुन्छ र दुवै जनाको स्वास्थ्य सुधाराेन्मुख...
संविधान दिवस सरकारले सामान्य रूपमा मनाउने
काठमडाैं । सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए । ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही असोज ३ गते हो । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान...
जेनजी प्रदर्शनमा मारिने अधिकांशको छाती र टाउकोमा गोली
काठमाडौं । जेन्जी पुस्ताले गरेको आन्दोलनमा मारिएका अधिकांश प्रदर्शनकारीको टाउको र छातीमा गोली लागेको खुलेको छ। शवको पोस्टमार्टममा मृत्युको कारण संवेदनशील अङ्गमा गोली प्रहार देखिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार टाउको र छातीमा गोली लाग्नेहरूमध्ये अधिकांशको छातीमा गोली लागेको छ। कुनै जलेका र केही लडेर मृत्यु भएकाहरूको शव समेत पोस्टमार्टमका लागि महाराजगन्ज चिकित्सा क्याम्पस...
सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा सिफारिस गरेकी छन्। राष्ट्रपति समक्ष गरिएको सिफारिस स्वीकृत भएसँगै सविता नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा सविता भण्डारी महान्यायाधिवक्ता ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी सबिता यसअघिका महान्यायाधिवक्ता केशव बडालको राजीनामापछि सिफारिस भएकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले बडालको राजीनामा...
कास्की र तनहुँबाट भागेका छ जना गाेरखामा पक्राउ
गोरखा । तनहुँ र कास्की कारागारबाट भागेका छजनालाई गोरखाबाट नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले कास्की कारागारका पाँच र तनहुँ कारागारका एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।   कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले पक्राउ पर्ने चार जना चुमनुब्री गाउँपालिका– ६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामालाई...
गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
पाेखरा ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ...
पाेखरामा बिहान १० देखि ५ बजेसम्म निषेध आज्ञा
पोखरा । जेनजीको आन्दोलनपछिको विषय परिस्थितिलाई ध्यानमा राखेर कास्कीमा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेध आज्ञा जारी गरिएको छ । नागरिकको जनधनको सुरक्षलाई ध्यानमा राखेर कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नेपालय नेटर्वकलाई बताए ।“आज दिउँसोको अवस्थालाई हेरेर राति कफ्र्यु लगाउने कि नलगाउने बारेमा साँझ निर्णय हुनेछ,”उनले भने,‘कास्कीमा...
देशभर कर्फ्यू जारी, नेपाली सेनाको कडा निगरानी
काठमाडौं । देशभर शान्ति–सुरक्षामा देखिएको अस्थिरतालाई ध्यानमा राख्दै नेपाली सेनाले मंगलबार कर्फ्यू आदेश जारी गरेको छ । सेनाले जारी गरेको विज्ञप्ति अनुसार आज साँझ ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने त्यसपछि पुनः निरन्तर कर्फ्यू भोलि बिहान ६ बजेसम्म रहनेछ । हालैका आन्दोलनमा अराजक समूह प्रवेश गरी सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी, लुटपाट र व्यक्ति...