Main News 1

गण्डकी प्रदेश सरकारले ऐन संशोधन प्रस्ताव टेबल गर्‍यो
गण्डकी प्रदेश सरकारले विनियोजन ऐन संशोधन प्रस्ताव गण्डकी प्रदेश सभामा टेबल गरेको छ। प्रदेश सरकारले गण्डकी प्रदेश सभामा चालु आर्थिक वर्षका लागि ल्याएको बजेट रकमान्तरणका लागि टेबल गरेको हो। आर्थिक मामिला मन्त्री सीता सुन्दासले संशोधनका लागि बनेको संशोधन प्रस्ताव प्रदेश सभामा टेबल गरेकी हुन्। उक्त संशोधन ऐनमा चैत्रपछि मात्र रकमान्तरण गर्न पाउने व्यस्था सहित टेबल...
पोखरा–२३ लाई अन्तर वडा भलिबलको दोहरो उपाधि
पोखराको वडा नं २३ ले अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोहरो उपाधि जितेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फ पहिलो हुँदै दोहरो उपाधि जितेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै...
माघ २३ देखि पोखराको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध
पोखरा महानगरपालिकाले यही माघ २३ गतेदेखि पोखराको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध गर्दैछ। महानगरले पोखराको मुख्य बजार क्षेत्रमा पृथ्वीचोक, सभागृहचोक–न्यूरोड–बीपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ। महागनरले अहिले तोकिएको निषेधित क्षेत्रका करिब ६ ठाउँमा साना गाडी पार्किङस्थल तोकेको छ। महानगरमा सोमबार बसेको बैठकले आउँदो माघ २३ गतेदेखि सो क्षेत्रको सडकमा पार्किङ निषेध गर्ने निर्णय...
घरेलु गण्डकी र एपीएफ टाइगर कप भलिबल च्याम्पियन
घरेलु गण्डकी र विभागीय सशस्त्र प्रहरी बलको एपीएफले तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियन बनेका छन्। पुरुषतर्फको उपाधि घरेलु गण्डकी प्रदेश र महिलातर्फको उपाधि विभागीय सशस्त्र प्रहरी बल एपीएफ क्लबले जित्दै च्याम्पियन बनेका हुन्। योसँगै गण्डकीले दोस्रो पटक टाइगर कप भलिबलको उपाधि उचालेको हो। पहिलो संस्करणमा पनि गण्डकीले उपाधि उचालेको थियो। गण्डकीले सशस्त्रको एपीएफ क्लबलाई...
पोखरा महानगरले गर्‍यो जहाज दुर्घटनामा परी दिवंगत भएकाहरुको सम्झनामा स्मृति सभा
पोखरा महानगरपालिकाले माघको गत १ गते यति एयरलाइन्सको दुर्घटना परी ज्यान गुमाएकाहरुको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ। दुर्घटना परी दिवंगत भएकाहरुको १३ औं पुण्य तिथि आज (माघ १३ गते, शुक्रबार) मा महानगरपालिका वडा नं.७ र १५ को बिचमा पर्ने मितेरी पुलको सेती खोंच नजिकै महानगरले श्रद्धाञ्जली सभा गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...
शोकलाई शक्तिमा बदलौ: कानूनमन्त्री गाहामगर
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै आगाडि बढ्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवंगत पत्रकार त्रिभुवन पौडेल तथा संचारकर्मी अनिल शाहीको १३ औ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति बताएका हुन्। मन्त्री गाहामगले दुर्घटनामा परी मृत्युभएका द्वय...
सर्वोच्चले रवि लामिछानेलाई गैरनागरिक ठहर गर्‍यो
सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको छ। शुक्रबार संवैधानिक इजलासले उनलाई गैरनागरिक ठहर गर्दै सांसद पद खारेज गर्ने फैसला गरेको हो। अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रुपमा नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको इजलासको निष्कर्ष छ। अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी लामिछानेले सम्बन्धित...
टाइगर कप भलिबल: पुरुषतर्फ गण्डकी र एपीएफ फाइनलमा
पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र विभागीय सशस्त्र प्रहरी बलकामे एपीएफ क्लब उपाधिका लागि भिड्ने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा भइरहेको ‘तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता’ मा दुबै टिमले फाइनलमा स्थान...
टाइगर कप भलिबल: महिलातर्फ सशस्त्र र आर्मी फाइनलमा
तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियनसीप अन्तर्गत महिलातर्फ उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी फाइनल भिड्ने भएका छन्। टाइगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज (बिहीबार) भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो ३ सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो। सशस्त्रले गण्डकी प्रदेशकोलाई २५–१३, २५–१७ र २५–२१ को सोझो...
पोखरा महानगरमा मेयर–विद्यार्थीको अन्तरसंवाद
पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तरसंवाद गरिएको छ। प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसरलगायतका विषयमा केन्द्रीत अन्तरसंवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था/संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाए। कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका...