प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मीडियाको दुरूपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्। बिहीबार काउन्सिलमा आयोजित नयाँ अनलाइन र युट्युब माध्यमका संचालक, सम्पादकहरूसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष बस्नेतले गैरजिम्मेवार र आधारहीन सूचना संप्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेर कारबाही गर्दै...