Main News 1

‘वातावरण र प्रकृति मैत्री विकास नै सन्तुलित विकास’ 
पोखरा । जिल्ला समन्वय समिति कास्कीले सन्तुलित विकास बारे अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विकासशील देशमा परिणत हुने तयारी गर्दै गर्दा सन्तुलित विकासका लागि सरोकारवाला कार्यालयहरूसहित स्थानीयलाई समेत सचेत गराउनुपर्ने उल्लेख गरे । उनले विकासका सबै सूचकांक सकारात्मक बनाउन सबैको सामूहिक प्रयास जरुरी भएको बताए ।  नीति...
स्वदेशी पर्यटकको रोजाइमा मुस्ताङ, २ महिनामा १ लाख ७३ हजारले गरे भ्रमण
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गत दुई महिनामा १ लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन् ।...
पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्षआग्रह  गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी...
पृथ्वी राजमार्गको छिर्कन-देउराली सडक गएराति ११ बजेदेखि बन्द 
तनहुँ । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँमा पर्ने छिर्कन–देउराली सडक खण्ड गएराति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द भएको छ । राति १ बजेदेखि साढे १ बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिएको छ । पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म...
पिएमको चीन भ्रमणमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणकाे एजेन्डा समावेश गर्न प्रस्ताव
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डालाई समावेश गर्न गण्डकी प्रदेश सरकारले संघ सरकारसँग प्रस्ताव गरेको छ । क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल पोखरामा निर्माण गर्ने एजेन्डा समावेश गर्न प्रस्ताव गरिएको हो । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को...
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
पोखरा ।  गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो ।...
आर्थिक गतिविधि सुस्ताउनुमा राष्ट्र बैंकको मौद्रिक नीति दोषी : पूर्वगभर्नर नेपाल
पोखरा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्,...
एक महिनामा ४८ फरार प्रतिवादी पक्राउ, १ करोड २ लाख जरिवाना असुल गर्न बाँकी
पोखरा । कास्की प्रहरीले एक महिनाको अवधिमा ४८ जना फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कात्तिक १ गतेदेखि ३० गते सम्म उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुसमेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी...
गण्डकीमा  १८ हजारमा डेंगी संक्रमण, आठ जनाको मृत्यु
पोखरा ।  गण्डकी प्रदेशमा डेंगी संक्रमणबाट  गत साउनदेखि अहिलेसम्म ८ जनाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार  यस वर्ष पहिलो पटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९...
पूर्णबहादुरको सारंगी बन्यो सर्वाधिक कमाउने चलचित्र
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा र २७ करोड संकलन गरेको जानकारी दिए । उनले चलचित्रले मंगलबारसम्म  रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए ।  नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल...