गण्डकी

जेठ २० गते तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन
तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन आगामी जेठको २० गते हुने भएको छ। अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन हुनेछ। अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिदैँ आएको हो। कोभिड १९ का कारण २ संस्करण स्थगित भएपनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागिएको शुक्रबार घान्द्रुकमा आयोजित छलफल...
माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ। माओवादी केन्द्रबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर...
अब, ढाकामोहन (गणेश) बरालको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी
अब, पत्रकार ढाकामोहन (गणेश) बरालको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी अगाडि बढ्ने भएको छ। संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल चयन भएका छन्। संघको आज (सोमबार) पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यसैगरी, संघको अधिवेशनले उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) चयन...
तस्बीरमा लिगलिगे साइकल दौडको झलक (फोटोफिचर)
विगतमा जस्तै यो वर्ष पनि गोरखाको पालुङ्टारमा लिगलिगे साइकल दौडको आयोजना गरियो। आज (शनिबार) आयोजना गरिएको साइकल दौडमा करिब १०० जना साइक्लिस्टहरुले प्रतिस्पर्धा गरे। साइकल दौडमा भने ३ विधामा प्रतिस्पर्धा भएको थियो। मेन्स इलाइट, मेन्स मास्टर र स्थानीय गरेर सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए। करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागी हुन व्यावसायिक साइकल रेस...
धौलागिरी क्याम्पसमा चैत १८ गतेसम्म स्ववियु निर्वाचन
बागलुङको धौलागिरी क्याम्पसमा चैत १८ गतेसम्म निर्वाचन हुने भएको छ। तोकिएको मितिमा निर्वाचन नहुने भएपछि चैत १८ गतेसम्म जुनसुकै दिन पनि निर्वाचन हुनेगरी स्थगीत गरिएको हो। विद्यार्थी संगठनहरुको सहमतिमा निर्वाचन सारिएको क्याम्पसले जनाएको छ। निर्वाचन गराउने वातावरण नबनेको भन्दै निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिएपछि निर्वाचन नै अनिश्चित बनेको हो। नेपाल विद्यार्थी संघले तत्कालै चुनावको...
सुरक्षाकर्मीको मनोबल बढाउँछु: मन्त्री गाहामगर
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा थापामगरले आफू सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउने पक्षमा रहेको बताएका छन्। सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा आज (बिहीबार) बागलुङ नगरपालिका–२ स्थित कालीगण्डकीमा आयोजित जल दुर्घटना उद्धार नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिएका हुन्। मुलुकले उत्कृष्ट नतिजा पाउन सुरक्षाकर्मीहरुलाई प्रोत्साहान दिन आवश्यक रहेको...
दर्शकको मन जिते खेलाडी सधैँ बाँचि रहन्छ – मुख्यमन्त्री
पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ। प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे। छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे।  उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए। ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक...
जोमसोममा भएको तारा एअरको जहाज दुर्घटना सम्बन्धमा जाँच आयोग प्रतिवेदनले चालक दलको त्रुटि देखायो (रिपोर्ट सहित)
मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एअरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसमक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो। २०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर (एन–एइटीरडीएचसी ६–३०) जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको...
आजदेखि लमजुङ, पर्वत र बागलुङलगायत १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
सरकारले आज (विहीबार) देखि लमजुङ, बागलुङ र पर्वतलगायतका १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियान सुरु गर्दैछ। २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार लमजुङ, पर्वत, बाग्लुङलगायत झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ।...
गण्डकी प्रदेशको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार मनमायालाई
गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ। प्रदेश स्थापना दिवसको मूल समारोहमा सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १ जनालाई सर्वोत्कृष्ट, ३ जनालाई उत्कृष्ट र ६ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ। १ लाख रुपैयाँको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा...