गण्डकी

पत्रकार महासंघ गोरखामा तालाबन्दी, मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारिस गरेको भन्दै सेन्टरको आपत्ति
नेपाल पत्रकार महासंघ गोरखा शाखामा तालाबन्दी गरेको छ। शाखाले महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस गरेको भन्दै शाखा कार्यालयमा तालाबन्दी गरिदिएको हो। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाले मंगलबार शुद्धीकरणको बहानामा नेतृत्वले क्रियाशील पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरेको निर्णयप्रति विरोध जनाउँदै तालाबन्दी गरेको हो। सेन्टरले एक प्रेस बिज्ञप्ती जारी गर्दै कार्यसमितिको...
पत्रकार महासंघ गोरखामा ९ जनाको सदस्यता रद्व, ४ जना थप नयाँ सदस्य
नेपाल पत्रकार महासंघ गोरखा शाखाले शुद्विकरण अभियान अन्तरर्गत ९ जना सदस्यको सदस्यता खारेजीको लागि सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार कार्य समितिका पदाधिकारीहरुको बैठकले ४ जना नयाँ सदस्यलाई थप गर्ने निर्णय समेत गरेको छ। सोमबार शाखामा भएको पदाधिकारी बैठकले किशोरजंग थापा, दिपक श्रेष्ठ, राजेन्द्र न्यौपाने, शिव उप्रेती, सन्दिप सुनार, बिमल श्रेष्ठ, रेनु श्रेष्ठ, सस्मिता पन्त...
बजेट प्रचारमुखीभन्दा पनि यथार्थपरक छ: अर्थमन्त्री आले
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेश: सम्मानित प्रदेशवासी’ बनाउने मूल आधारका रुपमा बजेट रहेको बताए। कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित बनाउन र यसको लाभ सुनिश्चित गर्न उत्पादनका...
गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट
गण्डकी प्रदेशमा साढे ३३ अर्बको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आज (शुक्रबार) प्रदेश सभामा आउँदो आर्थिक वर्षका लागि ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। यो चालु आ.व.को भन्दा कम बजेट हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकार घटेको हो। अर्थमन्त्री आलेले कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये...
गण्डकी प्रदेशमा बजेटको अन्तिम तयारी
आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेटको आकार घट्ने भएको छ। चालु आ.व.मा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याइएकामा आगामी आ.व.का लागि ३३ अर्ब रुपैयाँको हाराहारीमा बजेट आउने अनुमान छ। संघ सरकारले पठाएको ३३ अर्ब ८५ करोड रुपैयाँको सीमा (सिलिङ) मा रहेर प्रदेश...
स्याङ्जाको विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ। सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ। बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य...
गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम
प्रदेशभित्रका शैक्षिक संस्थाबाट संचालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय र निजी शैक्षिक संस्थाबाट संचालन गरिने विषयमा एकद्वार प्रणालीमार्फत प्राविधिक शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छाता ऐन बनाइने भएको छ। अतिविपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, जेहेन्दार, द्वन्द्वपीडित र सहिद परिवारका सन्तति लक्षित समूहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार...
औषधी थन्काएर राख्ने होइन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पुर्‍याउन निर्देशन दिएका छन्। स्वास्थ्य जनताको जीवनसँग जोडिएकाले संवेदनशील क्षेत्र रहेको बताए। उनले भने, ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ।’ मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको बिभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए।...
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। वैशाख १४ गते गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भई १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सासंद तटस्थ रुपमा वसेका छन्। पाण्डेलाई आफ्नै दल नेपाली...
श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन्। अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘विसं २००७...