गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

गण्डकी प्रदेशमा हेमोडायलसिस

गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरिएको छ।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सफ्टवेयर निर्माण गरिएको हो।

बुधवार मन्त्रालयमा नै एक कार्यक्रमबीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले उद्घाटन गरेका हुन्।

मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने बिरामीको सही तथ्यांकका विषयमा जानकारी लिन मद्दत पुुग्ने बताए।

उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायकसिद्ध हुने विश्वास व्यक्त गरे।

‘डायलसिस गर्ने बिरामीको वास्तविक तथ्यांक प्राप्त गर्न सफ्टवेयर सहायकसिद्ध हुनेमा विश्वस्त छुु’, उनले भने, ‘डाटाअनुसार सेवा प्रवाहमा सहजता बनाउन सफ्टवेयरका माध्यम मद्दत पुुग्नेछ।’

प्रदेशको डायलसिस सेवालाई सरल बनाउन सफ्टवेयरले सहयोग पुग्ने उनको भनाई छ।

स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोद विन्दु शर्माले प्रदेश सरकारले निशुल्क रुपमा डायलसिस सेवा प्रदान गर्दै आएको स्पष्ट पारे।

उनका अनुसार वर्षमा ८० देखि ८५ करोड रकम मात्र डायलसिस सेवा प्रवाहमा प्रदेश सरकारले लगानी गरेको छ।

उनले अब प्रदेश सरकारले निशुल्क मृगौला प्रत्यारोपण गर्ने विषयलाई पनि सोँच्नुपर्ने आवश्यकता आएको उल्लेख गरे।

तथ्यांकअनुसार प्रदेशका ४१ अस्पतालको १७ युनिटबाट डायलसिस सेवा प्रवाह गरिएको छ।

प्रदेशमा ७७३ जनाले डायलसिस सेवा लिइरहेका छन्।

प्रतिक्रिया