गण्डकी

गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै : छवि
पोखरा असोज ९ । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीको बयान सुरु भएको छ । उनलाई सोमबार जिल्ला अदालत कास्कीबाट सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति लिएर बयान लिन सुरु गरिएको हो । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा छवि पक्राउ परेका हुन्...
विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस पाेखरामा मनाइँदै, आज सातै प्रदेशका पर्यटन मन्त्रीको भेला
पोखरा ९ असोज । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा आज संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला हुँदैछ । सघीय मन्त्रीसहित सबै प्रदेशका मन्त्री मंगलबार साँझसम्म पोखरा आइपुगेको गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए । मन्त्रीहरुकाे भेला लेकसाइडस्थित टिका रिसाेर्टमा हुन लागेकाे...
कास्की प्रहरी प्रमुख थापाको सुरुवा, श्यामबाबु ओलिया आउने
पोखरा ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) मोहनुकमार थापाको सुरुवा भएको छ । उनको प्रहरी प्रधान कार्यालय मानव अधिकार उलंघन अनुगमन इकाइमा सरुवा भएको हो । थापाको ठाउँमा शयमबाबु ओलिया आउने प्रहरी प्रधान कार्यालय जानकरी दिएको छ । उनको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा कैलाली धनगढीबाट...
४२ लाखका च्यांग्रासहित फरार फकिर पक्राउ
पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका...
छविको प्रहरीलाई प्रश्न, रविलाई कहिले पक्राउ गर्ने ?
काठमाडौं ८ असोज । सहकारीको बचत रकम अपलचन गरेको आरोपमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रहरीसँग प्रश्न गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरी पोखरा पठाउने क्रममा सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ ? भनेर पश्न...
पोखरामा रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी
पोखरा ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा पोखरामा नाराबाजी भएको छ । जिल्ला प्राशसन कार्यालय नजिकै रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले प्रदर्शन गरेका हुन । रास्वपाका कार्यकर्ताले षडयन्त्र गरेर फसाउन थालिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन । सहकारीको पैसा गोर्खा...
पोखरा आर्ट ग्यालरीमा मनसुन कला प्रदर्शनी
पोखरा असोज ६ । सिर्जनशील कलाकार समूह पोखराको आयोजनामा मनसुन कला प्रदर्शनी पोखरा आर्ट ग्यालरीमा जारी रहेको छ । गत असोज ३ गतेबाट सुरु भएको सामूहिक कल प्रदर्शनी असोज ९ गतेसम्म चल्ने सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरुङले बताए । उनका अनुसार प्रदर्शनीमा अग्रज तथा अनुज पुस्ताका ४७ कलाकारबाट सिर्जित ५५ कलाकृति प्रदर्शनमा राखिएका...
डेंगीका बिरामीले अस्पतालका बेड भरिए
पोखरा ५ असोज । लामखुटेले टोक्दा लाग्ने डेंगी रोगबाट अहिले पोखरा र समग्र गण्डकी प्रदेश प्रभावित भएको छ । अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् भने संक्रिमित हुनेको संख्या बढ्दै जाँदा जाँच गर्ने किटको समेत अभाव हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार गण्डकीका १० जिल्लामा ८ हजार ६ सय २० जनामा डेंगी देखिएको छ ।...
रुपा गाउँपालिकामा ४७ करोडको सडक आयोजनाको शिलान्यास
पोखरा । कास्कीको रुपा गाउँपालिकामा ४७ करोडको सडक आयोेजनाको आज शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकार र संघीय सरकारको ५०/५० प्रतिशत बजेट रहेको रुपा गाउँपालिकाको रिङ रोड(चक्रपथ) अन्तर्गतको दोस्रो खण्ड रामकोट, ठूलीवेशी,स्यास्त्री, देउपूर्वेशी, पोल्याङ सडक आयोजनाको आज शिलान्यास गरिएको हो । यो योजना रुपा वडा नम्बर १ र ७ मा पर्दछ । रुपा गाउँपालिकाको...
पोखराका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा
पोखरा भदौ ३१ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको सरुवा भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले थापाको सरुवा गृह मन्त्रालयमा गरेको हो । पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवराज चौलागाईं आउने भएका छन् । उनी राष्ट्रिय दलित आयोगका सचिव थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा...