गण्डकी

गण्डकी सरकारले बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने
पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गत साता परेको वर्षाले काठमाडाैं उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली...
संस्कृति
पोखराको कास्कीकोटमा नवदुर्गा महोत्सव हुने
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा बाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट थप मानवीय...
गण्डकीका स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे ३ कालीन योजना
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुइतहबाट नै समाधान गर्ने उद्देश्यसहित तीन कालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेका हुन् । ४ पेजमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य...
कास्कीको रुपा गाउँपालिकामा बजार अनुगमन
रुपा कास्की । कास्कीको रुपा गाउँपालिकामा आज बजार अनुमगन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाको नेतृत्वमा रुपाको वडा नम्बर ५ को देउराली र वडा नम्बर ६ को भीरचोकमा बजार अनुगमन गरिएको हो । २ ठाउँमा गरी २५ वटा पसलमा अनुगमन गरिएको रुपाका सूचना अधिकारी लोकनाथ पौडेलले जानकरी दिए । बजार अनुमगन गर्दा धेरै पसलमा...
ठगी
सहकारी ठगीमा पक्राउ परेका देवकुमार नेपालीलाई आज अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा  पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज अदालत पेश गरिने भएकाे छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर हिजाे राति पोखराहुँदै बागलुङ लगिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार नेपालीलाई आज अदालत पेश गरिने छ ।  सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी अपचलन गरेको...
राजनीति
एमाले कास्कीले असोज १७ गते चियापान कार्यक्रम गर्दै
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार विजया दशमीको घटस्थापनाको दिन असोज १७ गते पोखरा...
ढोरपाटनका मेयर देवकुमारलाई बागलुङ लगियो, भोलि अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेको करिब डेढ वर्षपछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बागलुङ लगिएको छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज पोखराहुँदै बागलुङ लगिएको हो । सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी रकम अपचलन गरेको अभियोग लागेका उनी डेढ वर्षदेखि फरार रहेका थिए । नेपालीलाई...
पुस्तक विमर्श
नेपाल र चिन सम्बन्ध समेटिएका २ पुस्तकको पोखरामा विमर्श
पोखरा । पत्रकार तथा लेखक सुधीर शर्माका दुई कृतिमाथि पोखरामा विमर्श गरिएको छ । र्‍याण्डम रिडर्स सोसाइटीले शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरेको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालका बिचमा कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुबै पक्षले फाइदा लिन सक्ने...
पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दाैड आज, १०४ धावक सहभागी हुँदै
पोखरा । विश्व पर्यटन दिवको अवसरमा आज पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड प्रतियोगिताको हुँदैछ ।  ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइनद्वारा आयोजित दौड आज  बिहान ७ बजेदेखि सुरु हुनेछ । दौडमा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १ सय ४ जनाले भाग लिँदैछन् ।...
विश्व पर्यटन दिवसमा पर्यटक यातायातको र्‍याली
पोखरा । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा पोखराको लेकसाइडदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म र्‍याली गरिएको छ । उक्त अवसरमा पर्यटकलाई यातायात सेवा प्रदान गरिरहेको ६० वटा सवारी साधन सहितको र्‍याली प्रदर्शन गरिएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरामा हाल ४ सय...