गण्डकी

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्देशन
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य...
पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम
पोखरा  । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन । शनिबार राति सम्पन्न संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट अध्यक्ष पदमा गौतम सहित प्रकाश बास्तोला र मिलन गोर्खालीले उमेदवारी दिएकोमा गोविन्द गौतमले १ सय ५ मत प्राप्त गरेर विजयी भएका थिए । अध्यक्षका उमेदवार  प्रकाश बास्तोलाले ३९...
गण्डकी सरकारको चार महिनामा ११ प्रतिशत मात्र बजेट खर्च
पोखरा । सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे ४ महिनामा कुल बजेटको ११ दशमलव १ प्रतिशतमा मात्रै खर्च गरेको छ । सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयकाका अनुसार गत साउनदेखि कात्तिकसम्म ३ अर्ब ६६ करोड...
पोखरा ढुङगेसाँघुमा हुने कोटीहोमको तयारी अन्तिम चरणमा
पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म  कोटिहोम गर्न लागिएको हो  । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरी तयारी अवस्थामा राखिएको...
गण्डकी प्रदेशमा घट्यो कृषि भूमि
पोखरा । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्क अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०÷८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ । अध्ययनअनुसार सो प्रदेशमा  चार लाख लाख...
स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
पोखरा । स्वरुप परिवर्तन गरिएका २३ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सवारी साधन जाँच गर्दा अवस्था ठिक नरहेका र चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाएको छ । कसैले...
पोखरामा लागु औषधसहित १ जना पक्राउ
पोखरा । पोखरामा लागू औषधसहित १ जना  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले  पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपील  घिमिरे पक्राउ गरेको हो । उनको साथबाट लागु औषध डाइजापाम- २२८ एम्पुल, फेनेरागन- २१२ एम्पुल, र ब्रुफिन- २२२ एम्पूल गरी जम्मा ६६२...
पोखरा २८ मा सामाजिक सुरक्षा र जीविकोपार्जन अभ्यास कार्यशाला
पोखरा । शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा नं २८ मा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक कार्यशाला भएको छ । वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशीला नेपालीले जानकारी दिइन् । कार्यक्रमको प्रभावकारिता अभिवृद्धि...
पृथ्वी राजमार्गको मुग्लिन– पोखरा सडकको पूर्वी खण्डमा ६८ प्रतिशत काम पूरा
तनहुँ ।  पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डमा कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ...
गण्डकीसहित देशभर आज मौसम सफा रहने
पोखरा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गण्डकी, कोशी, बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...