पोखरा । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताउनुभएको छ। नेकपा (एमाले) कास्कीले बुधबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पौडेलले संसद छलेर अध्यादेश ल्याइएको भन्ने आरोपमा सत्यता नभएको उल्लेख गर्नुभयो। “सबैतिर अस्तव्यस्त, अर्थतन्त्र लथालिङ, जनतामा चरम निराशा रहेकाले त्यसलाई चिर्न अध्यादेश...