गण्डकी

राप्रपा सडक आन्दोलनमा
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध सभा गर्ने भएको छ । भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्ने भन्दै राप्रपाले शुक्रबार पोखराको पृथ्वीचोकमा विरोध सभा गर्न लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले विरोध सभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल लगायतका नेताहरुले सम्बोधन गर्नु...
कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवस मनाउने
पोखरा ।  रुपा गाउँपालिकाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । आगामी फागुन २४ गतेदेखि २७ गतेसम्म स्थापना दिवस मनाउने तयारी गरिएको रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले बुधबार पोखरामा आयोेजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर गर्दै आएको अध्यक्ष कप भलिबललाई यस वर्ष पनि आयोजना...
जुत्ता व्यवसायी संघ कास्कीको रक्तदानमा ४३ युनिट रगत सकंलन
पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको पाचौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रूद्रनाथ बरालले पहिलो रक्तदाता सस्थाका सल्लाहकार राम प्रसाद अधिकारीलाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेके थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष बरालले सवैभन्दा ठुलो दान रक्तदान...
चोलेन्द्र र तुलसीको “घर मेरो कास्की” सार्वजनिक (भिडियोसहित)
पाेखरा ।  लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् । देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो...
पोखरा म्याराथनको उपाधि केन्याका बिल्सनलाई
पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जित्नु भएको छ । भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना गरेको १९ औँ संस्करणको खुला म्याराथनमा उहाँले २ घन्टा १७ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्नुभयो । उहाँले नगद ५ लाख पुरस्कार प्राप्त गर्नुभयो । केन्याका जुलियस मुरिउकी बाहोमेले २ सेकेन्डपछि पर्दै...
बेलुन पड्किदा अर्थ मन्त्री विष्णु पौडेल र पोखरा नगरप्रमुख आचार्य घाइते
पोखरा ।  पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो । सवा १ बजेतिर बेलुन पड्किदा नगर प्रमुख आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र...
गण्डकी  र काेशीमा माैसम आंशिक बदली हुने अनुमान
पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली...
पोखरामा गरिने कोटिहोममा बाधा नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
पोखरा । उच्च अदालत पोखराले  वाराहीघाटस्थित ४८ रोपनी क्षेत्रफलमा आयोजना गर्न लागिएको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेश जारी गरेको छ। अदालतले मानव सेवा फाउण्डेशन नेपाल, पोखरा शाखाको निवेदनमाथि सुनुवाइ गर्दै कानूनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न विपक्षी पोखरा...
एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण नेपाली चयन
पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली  चयन भएका छन्। पोखरा सभागृहमा सोमबार सम्पन्न प्रथम अधिवेशनले ७ पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो। नवगठित कमिटीमा अध्यक्षसहित २ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव तथा भूगोल र विभिन्न क्षेत्रका प्रतिनिधिहरू छन्। १४३ सदस्यीय कमिटीमा विभिन्न क्लष्टरका ४१ पद भने रिक्त...
सवारी दुर्घटनामा पाेखरामा २ काे मृत्यु
पोखरा ।  पोखराको लेकसाइडमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निधन हुनेमा मोटरसाइकल चालक पोखराको कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारी हुनुहुन्छ । बिहानीपख लेकसाइडबाट सहिदचोकतिर आउँदै गरेको ग१३प ६७१९ नम्बरको मोटरसाइकलका चालकले नियन्त्रण गुमाई सोलार पोलमा ठोक्किएको प्रहरी कार्यालय कास्कीका...