गण्डकी

ठगी
सहकारी ठगीमा पक्राउ परेका देवकुमार नेपालीलाई आज अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा  पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज अदालत पेश गरिने भएकाे छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर हिजाे राति पोखराहुँदै बागलुङ लगिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार नेपालीलाई आज अदालत पेश गरिने छ ।  सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी अपचलन गरेको...
राजनीति
एमाले कास्कीले असोज १७ गते चियापान कार्यक्रम गर्दै
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार विजया दशमीको घटस्थापनाको दिन असोज १७ गते पोखरा...
ढोरपाटनका मेयर देवकुमारलाई बागलुङ लगियो, भोलि अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेको करिब डेढ वर्षपछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बागलुङ लगिएको छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज पोखराहुँदै बागलुङ लगिएको हो । सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी रकम अपचलन गरेको अभियोग लागेका उनी डेढ वर्षदेखि फरार रहेका थिए । नेपालीलाई...
पुस्तक विमर्श
नेपाल र चिन सम्बन्ध समेटिएका २ पुस्तकको पोखरामा विमर्श
पोखरा । पत्रकार तथा लेखक सुधीर शर्माका दुई कृतिमाथि पोखरामा विमर्श गरिएको छ । र्‍याण्डम रिडर्स सोसाइटीले शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरेको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालका बिचमा कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुबै पक्षले फाइदा लिन सक्ने...
पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दाैड आज, १०४ धावक सहभागी हुँदै
पोखरा । विश्व पर्यटन दिवको अवसरमा आज पाेखराकाे पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड प्रतियोगिताको हुँदैछ ।  ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइनद्वारा आयोजित दौड आज  बिहान ७ बजेदेखि सुरु हुनेछ । दौडमा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १ सय ४ जनाले भाग लिँदैछन् ।...
विश्व पर्यटन दिवसमा पर्यटक यातायातको र्‍याली
पोखरा । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा पोखराको लेकसाइडदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म र्‍याली गरिएको छ । उक्त अवसरमा पर्यटकलाई यातायात सेवा प्रदान गरिरहेको ६० वटा सवारी साधन सहितको र्‍याली प्रदर्शन गरिएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरामा हाल ४ सय...
गण्डकीसहित ४ प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको छ । पोखरामा पनि राति देखि नै...
आज विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी पोखरामा मनाइँदै
पोखरा । आज विश्व पर्यटन दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालको पर्यटकीय राजधानी पोखरामा पनि यो दिवस मनाइँदै छ । असोज ९ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको हो । २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाइँदै आएको छ । ४५ औं विश्व पर्यटन दिवसको...
शिक्षामा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्यांकक सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी...
प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १ सय ४ धावक सहभागी हुने
पोखरा । विश्व पर्यटन दिवको अवसरमा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइनद्वारा आयोजित दौड असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुनेछ । दौडमा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १ सय ४...