गण्डकी

घरेलु मदिरालाई वैधानिकता दिने विधेयक गण्डकी प्रदेश सभाबाट पारित
पोखरा । गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन र बिक्रीलाई वैधानिकता दिने विधेयक प्रदेश सभाबाट पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकबाट गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि प्रदेशमा घरेलु मदिराले वैधानिकता पाउनेछ । यसका लागि बढीमा...
पहाडकी रानीले परिचित बन्दीपुरसँग साझेदारी बढाउँदै पोखरा
पोखरा । पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा भएका स्थानीय पालिका मध्येको तनहुँको बन्दीपुरमा त्यहाँका सम्बद्ध अधिकारीहरूबिच पर्यटकीय साझेदारी लगायतका विषयमा अन्तरक्रिया गरेको छ । प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न पहाडी रानी उपमा पाएको बन्दीपुरमा सोमबार पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले पोखरा र बन्दीपुरबीचको पर्यटकीय साझेदारीका सम्भावनाका सम्बन्धमा छलफल गरेको हो...
नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो साधारण सभा
पोखरा । नेकपा एमाले निकटको नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश कमिटीको तेस्रो वार्षिक साधारण सभा भएको छ । सभाले अध्यक्ष बोबरजंग गुरुङको प्रतिवेदन, सचिव यमनाथ पौडेलले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पार्वती पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ । कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य किरण गुरुङले राजनीतिक स्थायित्व...
भ्रमण वर्ष २०२५ घोषणा गरेका स्थानीय तहसँग अनुुभव आदानप्रदान गर्दै पोखरा महानगर
पोखरा । पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ आफ्ना गतिविधि गरिरहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष २०२५ घोषणा गरेका विभिन्न पालिकासँग अनुुभव आदानप्रदान गर्ने कार्यलाई अघि बढाएको छ । भ्रमण वर्ष घोषणा पश्चात गरिएका प्रयासँगै गरिएका असल अभ्यास एवम् पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने उद्देश्यका साथ अनुभव आदानप्रदान गर्ने कार्य गरिएको पोखरा भ्रमण वर्ष...
पोखराको स्टेप बाई स्टेप माविमा सांस्कृतिक कार्यक्रम
पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा रहेको क्वालिटी सर्कलले गाईजात्रासम्बन्धी सांस्कृतिक कार्यक्रम गरेको छ । प्रतियोगितामा एन्जिल घर्ती मगरको लाखे नाच प्रथम भएको छ । इमा गुरुङको समूहको नृत्य द्वितीय भएको छ भने आरिस्माको समूहले प्रस्तुत गरेको परी नाच तृतीय भएको छ । कार्यक्रममा विभिन्न प्रतियोगी र अप्रतियोगी व्यङ्ग्य, नृत्य, कविता प्रस्तुत गरिएको...
जोखिमपूर्ण यात्रा नगर्न नगराउन होटल संघ गण्डकीको अपील
पोखरा । होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विहिबार विज्ञप्ति जारी गरी जनाएको छ । संघका गण्डकी अध्यक्ष हरिप्रसाद...
हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो
पोखरा ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा...
युवा उद्यमी मञ्च, पोखरा र टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजबिच  समझदारीपत्रमा हस्ताक्षर 
पोखरा । नेपाली युवा उद्यमी मञ्च, पोखरा र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजबिच  समझदारीपत्रमा म‌ंगलबार हस्ताक्षर  भएको छ।दुई संस्थाबिच दीर्घकालीन सहकार्य, स्रोत तथा सीपको आदान–प्रदान, र पारस्परिक हितमा आधारित कार्यक्रमहरूको विकास र सञ्चालनलाई संस्थागत रूपमा अघि बढाउने  उद्देश्यरले समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताका विषयमा जानकारी दिंदै कलेजका प्राचार्य  प्रकाश रेग्मीले शैक्षिक क्षेत्र र...
प्रोटोनको तेस्रो सोरुम पोखराको बुद्धचोकमा
पोखरा । देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको...
पोखरामा लागु औषधसहित ५ जना पक्राउ
पोखरा । पोखरामा लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्काला प्रहरी कार्यालय कास्कीको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार, साउन ११ गते साँझ ५:३० बजे पोखरा महानगरपालिका–२७ शिशुवा स्थित पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँचका क्रममा पोखरातर्फ आउँदै गरेको एक यात्रुबसबाट...