गण्डकी

स्वदेशी उत्पादन बिजुली बढी प्रयोग गर्न कास्की प्रशासनको आग्रह
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास चुल्होको विकल्प अपनाउन कास्केली जनतालाई आग्रह गरेको छ । पोखरालगायतका ठाउँहरुमा ग्यास तथा पेट्रोलियम  पदार्थको अभाव देखिन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज  बसेको आपूर्ती समन्वय बैठकले कास्केली जनतालाई एलपी ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकपश्चात जारी कास्की...
ग्यास लुकाउने पोखराको भण्डारी ट्रेडसलाई ५० हजार जरिवाना
पोखरा ।  जिल्ला प्रशासन कार्यालय कास्कीले  एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सारेको भेटिएपछि एक सप्लायर्सलाई कारबाही गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ जरेवरस्थित भण्डारी ट्रेडर्सलाई प्रशासनले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उक्त ट्रेडर्सले उपभोक्ता हित...
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
मुस्ताङ ।  माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङ भन्ने स्थानमा एक वर्षअघि सम्पन्न भएको पाँच...
महावीर पुनले बुझाए चुनावी खर्च, चुनावी खर्च २८ लाख ६८ हजार
म्याग्दी । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च २८ लाखभन्दा बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार, नमुना मतपत्र सामग्री छपाइका लागि २ लाख...
नेपाल पत्रकार महासंघ कास्कीको महिला संवाद कार्यक्रम 
पोखरा । नेपाल पत्रकार महासंघको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ । “महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मुल नाराका साथ मनाइएको ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आफ्नो प्रस्तुतिकरण राख्दै कोपिला नेपालका कार्यकारी निर्देशक...
रास्वपालाई गण्डकीमा समानुपातिकतर्फ पाँच लाख मत
पोखरा ।  गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो । सूचना अधिकारी न्यौपानेले उहाँका अनुसार प्रदेशमा राष्ट्रिय...
डिल्लीबजार कारागारबाट रिहा भए पूर्व सांसद ‘दिपक मनाङे’
पोखरा । ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्। अदालतले तोकेको कैद सजाय पूरा गरेपछि उनलाई कारागार प्रशासनले मुक्त गरेको हो। उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो, जसलाई सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते सदर गरेको थियो।...
पृथ्वीराजमार्गको पूर्वी खण्ड काम पूरा भइ हस्तान्तरण
तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा पर्ने पूर्वी खण्डको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइ हस्तान्तरण समेत भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडक खण्डको काम सकिएपछि आयोजनाले नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले आफ्नो जिम्मेवारीअनुसारको मुख्य काम सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ ।...
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
म्याग्दी ।म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।बाइस हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । नेपाली कांग्रेसका कर्णबहादुर...
एमालेकाे लालकिल्ला भत्काउँदै कास्की २ बाट रास्वपाका उत्तम विजयी
पोखरा । कास्की क्षेत्र नम्बर २ मा  एमालेको विरासत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (एमाले) को बलियो पकड मानिने याे क्षेत्रमा पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रश्मि आचार्यलाई २४ हजार ४१८ मतको फराकिलो अन्तरले पराजित गरे । पौडेलले ३१ हजार ९११...

Copy - Advertisement


 

This will close in 10 seconds