Breaking 2

‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा सरकारको कमजोरी’
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा सरकारको कमजोरी रहेको बताएका छन् । उनले दीर्घकालीन योजना नबनाइ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएकाले अहिले अन्तर्राष्ट्रिय उडानमा समस्या भएको बताए । ‘सरकारले पूर्वाधार निर्माण गर्दा योजनावद्ध रुपमा दिर्घकालीन रुपमा सोच्नु पर्दछ, ’उनले भने,‘ विमानस्थल निर्माण गर्ने मात्र योजना बनाइयो, सञ्चालन र व्यवस्थापनमा...
कुखुराको अण्डाको मूल्य वृद्धि
अण्डाको मूल्य आजदेखि लागू हुनेगरी वृ द्धी भएको छ ।  नेपाल लेयर्स कुखुरा पालक संघ अध्यक्ष विनोद पोखरेलकाअनुसार आजदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु पाँच सय, मध्यम रु चार सय ८५ र ‘एक्सएल’ रु पाँच सय १५ कायम गरिएको छ। यसअघि गत साउन मसान्तमा यही...
बारामा ५५ वर्षीय पुरुषको हत्या
बारा । बारामा एक जनाको हत्या भएको छ । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी महागढीमाई नगरपालिका–१ का ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरेको बारा प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते अवस्थामा बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो ।...
पोखराको एभरेस्ट एफएमको रक्तदानमा २५१ युनिट रगत संकलन
पोखरा । पोखराको पस्र्याङमा रहेको एभरेस्ट एफएमले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २ सय ५१ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय ३ जना पुरुष र ४८ जना महिला रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए...
होटल संघ पोखराको अध्यक्षामा सुवेदी दाेहोरिए
पोखरा।  होटल संघ पोखरा नेपालको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार पोखरामा सम्पन्न २१ औं अधिवेशन तथा ४२ औं साधारण सभाले १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल र सचिवमा...
नेकपा एमाले कास्कीको चियापान कार्यक्रम आज
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम आज गर्दैछ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार गत असोज ११ र १२ गतेको बाढी पहिरोले...
दुर्घटना
नदीमा डुबेर तीन बालिकाको मृत्यु 
दाङ । राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको हिजो राप्ती नदीमा डुबेर मृत्यु भएको हो । लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता इश्वर थापाले जानकारी...
रविका साझेदार छविलाई पनि ७ दिन हिरासतमा राख्न अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गोर्खा मिडियो नेटवर्कका तत्कालीन सञ्चालक रहेको जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।...
 पोखरामा उत्पादित जेठोबुढो धान खरिद गर्न सम्झाैता
पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त...
अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा
पोखरा । पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गरे । यो प्रदर्शनी अबको एक हप्तासम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का...