Breaking 2

बागलुङका पुराना वामपन्थी नेता शर्माको बिहीबार अन्त्येष्टि गरिने
पोखरा । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको भारतमा उपचारको क्रममा निधन भएको हो । मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मालाई उपचारका लागि भारत लगिएको थियो । शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित थिए । उनले लामो समय एमालेको राजनीति गरेका थिए । उनी संविधानसभामा बागलुङ...
रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको कारण माग्यो उच्च अदालत पोखराले
पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुका कारण र आधार खुलाउने प्रतिवेदन जिल्ला अदालत कास्कीलाई पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ। सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी लामिछानेसहित अन्यलाई धरौटीमा छाड्ने आदेश सम्बन्धी ‘कैफियत प्रतिवेदन’ पेश गर्न न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले मंगलबार आदेश गरेको हो...
रवि र छविसहित ७ जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री  रवि लामिछानेसहित सात जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय पोखराले सोमबार कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा जिल्लाको आदेशमा चित्त नबुझेपछि निवेदन दर्ता गराएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले...
पोखरा १५ को तेस्रो खेलकुद महोत्सव सकियाे
पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सकिएको छ । वडा कार्यालयले आयोजना गरेको चार दिने खेलकुद महोत्सवमा खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्वमेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशीष भण्डारीलगायतले पुरस्कार, ट्रफी, सिल्ड, प्रमाणपत्र प्रदान गरे...
अमेरिकामा टिकटक सेवा बन्द
वासिङ्टन । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ । केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् । अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो । प्रयोगकर्ताले...
पोखरामा आज दाइँ महोत्सव
पोखरा । पोखरामा आज दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा...
पोखरामा इभी ब्रान्डको ‘एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ हुँदै
पोखरा । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ गते शनिबारदेखि देखि ७ गते सोमबारसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुनेछ । निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रा.लि.’, तथा लिपमोटर र...
नेकपा एमाले पोखरा १९ मा कोमल
पोखरा नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको अध्यक्षतामा वडा कमिटी चयन गरेकोे छ । अधिवेशन भएको करिव एक महिना पछि कमिटीले नेतृत्व पाएको हो । एक महिनासम्म भएको सर्वसम्मतको प्रयास असफल भएपछि सम्पन्न निर्वाचनवाट पदाधिकारी टुङ्गो लगाईएको हो । अध्यक्षमा अर्का प्रत्यासी विकास गौतमलाई २३ मतको अन्तरले पराजित...
माघ ४ बाट सन्चालन हुने नागीधार महोत्सवको तयारी पुरा
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी पुरा भएको छ । माघ ४ देखि ६ गते सम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संयुत्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङले जानकारी दिए । ‘महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनका लागि सम्पूर्णले आ–आफ्नो जिम्माको काम पुरा गरिसक्नुभएको छ’ संयोजक...
१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने
पोखरा। पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ। कुल १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका माध्यामिक विद्यालय, सेन्ट मेरिज स्कुल, अमरसिंह माध्यामिक विद्यालय (बि) बीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड...