पोखरा असोज ६ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औं अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज राति भेटवार्ता हुने भएको छ । उनीहरुबीच आइतबार अमेरिकी समय अनुसार साढे ५ बजे (नेपाली समय सोमबार बिहान सवा तीन बजे) भेटवार्ता हुने परराष्ट्र मन्त्रालय...