नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ सहित)
गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्। हिँजो, सोमबार मात्र बिश्वासको मत पाएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानीत प्रदेशबासीको सोच राखिएको उल्लेख छ। नीति तथा कार्यक्रममा...
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा मन्त्रीमण्डल विस्तार
सोमबार विश्वासको मत पाएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) मन्त्रीमण्डल बिस्तार गरेका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएका दीपक मनाङे (राजीव गुरुङ) र फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन्। प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मनाङे र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले आज (मंगलबार) सपथ समेत लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख...
न्यूज एजेन्सी (रासस) सँग प्रेस काउन्सिल
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपालले सुरु गरेको संचार माध्यमसँग काउन्सिल अभियानअन्तर्गत राष्ट्रिय समाचार समितिका पत्रकारसँगको छलफलमा अध्यक्ष बस्नेतले गुणस्तरीय समाचारले पत्रकारिताको गरिमा उच्च बनाउनुका साथै समाजमा फैलिएको भ्रमपूर्ण सूचना र अफवाहको समस्या हल गर्न मद्दत पुग्ने उल्लेख गरे। नेपालको एकमात्र सरकारी...
गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिएका छन्। प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरेका छन्। विपक्षमा २८ जनाले मतदान गरे। माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर पक्षमा मतदान गरेपछि पाण्डेले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री...
‘भ्रामक र तथ्यहीन सूचना देशलाई नै घातक’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यसतर्फ गंभीर हुन सबै संचार माध्यमलाई आग्रह गरेका छन्। अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएका उनले औँल्याए। अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिए। नयाँ खुलेका अनलाइन संचार माध्यमका सम्पादक,...
विदेश मामिला रिपोर्टिङको समस्याबारे छलफल
प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिला विटमा रिपोर्टिङ गरिरहेका संचारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल सुरु गरेको छ। बुधबार काउन्सिल सभाहलमा भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए। सोही क्रममा सहभागीले यस बिटको रिपोर्टिङमा सहजता र मिडियामार्फत उठाउनुपर्ने विषयवस्तुबारे विभिन्न धारणा राखे। सहभागीले विदेशी मामिलासम्बन्धी समाचार संकलन, सम्पादनका लागि सहजताका...
नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी
नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन्। उनले २ सय ७७ मत ल्याउँदा दिपक पौडेलले २ सय १० मत पाएका छन्। आचार्यको प्यानलबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा विजयी बने। दिपक प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुल्लामा लालबहादुर राना र उपसचिव...
‘मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई संचारमाध्यमले समाचारका रुपमा नपस्कन ध्यानाकर्षण गराएका छन्। युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आज (आइतबार) आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई संचारमाध्यमले समाचारका रुपमा पस्कन नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएका हुन्। मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले...
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा पुनः शर्मा नियुक्त
गण्डकीका मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन्। बेनी नगरपालिकाका–१० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन्। शिक्षण पेसामा समेत आबद्ध रहेका शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयर पदको उम्मेदवार थिए। उनी म्याग्दी जिल्ला बारका पूर्व अध्यक्षसमेत हुन्। यसअघि पनि उनी सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए। योसँगै, शर्मा...
गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा पुनः डा. देवकोटा नियुक्त
गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई पुनः नियुक्त गरिएको छ। यसअघि, सुरेन्द्र पाण्डेको कार्यकालमा उपाध्यक्ष बनेका उनलाई अहिले पनि पाण्डेले दोहो¥याएका हुन्। देवकोटालाई बिहीबार मुख्यमन्त्री पाण्डेले सपथ गराएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।