प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन्। अनलाइन मार्फत नयाँ सुरु भएका संचार माध्यमलाई सोमबार काउन्सिलले राखेका अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने, ‘मिडिया भन्ने, पत्रकारिता के हो भन्ने...