इजरायलको आक्रमणमा लेबनानमा ३ सय ५६ जनाको मृत्यु

इजरायलको आक्रमणमा लेबनानमा ३ सय ५६ जनाको मृत्यु

leblan

एजेन्सी, असोज ८ । दक्षिणी लेबनानमा इजरायलले सोमबार गरेको हवाई आक्रमणमा ३ सय ५६ जना मारिएका छन् । आक्रमणमा १ हजार २ सय भन्दा बढी घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन् ।

अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन् । इजरायली सेनाले भने लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तर आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने यकिन भएको छैन ।

इजरायलले गत वर्षको असोज २० मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक आक्रमण गरेको हो । प्यालेस्टाइनी समूह हमासले गत वर्ष उत्तरी इजरायलमा गरेको आक्रमणमा कम्तीमा १२ सय जनाको ज्यान गएको थियो ।

त्यसका साथै हमासले २ सय ५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो । त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा करिब ४२ हजार प्यालेस्टाइनीको ज्यान गइसकेको छ । इजरायलले हमासविरुद्धको आक्रमण तीव्र पारेसँगै हेजबुल्लाहले हमासलाई सहयोग गर्ने घोषणा गरेको थियो । जसका कारण इजरायलले हेजबुल्लाह लक्षित आक्रमण सुरु गरेको हो ।

प्रतिक्रिया