नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

प्रेस कार्डको दुरुपयोग नगरौं : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस कार्डको दुरुपयोग गरेको पाइए कुनैपनि पत्रकारलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। बुधबार काउन्सिलमा भएको विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने, ‘समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने हो, त्यसको सदुपयोग हुनुपर्छ।’ ‘डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग...
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गर्दैछ
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी थालेको छ। यसअघि, तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको हो। तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रचण्ड नेतृत्वको काँग्रेससहितको गठबन्धन सरकारमा संचार तथा सूचना प्रविधि...
नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा
घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। आज (मंगलबार) भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकबिहीन...
नेपाल साफ यु–२० फुटबलको पहिलो खेलमा विजयी
आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा आज (आइतबार) भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले निर्णायक गोल गरे। नीराजनले २३ औँ मिनेटमा गरेको एक मात्र गोल नेपालको जितमा पर्याप्त बन्यो। जितसँगै, नेपालले समूहमा ३ अंक बटुलेको छ।...
गण्डकी प्रदेशले न्यायिक सहजकर्ता माग्यो
गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराले आइतबार सूचना निकालेर ७१ जना न्यायिक सहजकर्ता माग गरेको हो। सूचनामा गण्डकी प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनोट गरी करार सम्झौता गराई कार्य गराउने उल्लेख छ। कानूनमा स्नातक २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्।...
इन्द्रधारा बिष्टलाई ‘हाई अल्टिच्युड’ गल्फको उपाधि
गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको गल्फ प्रतियोगितामा विजयी विष्टले ९ होलको खेलमा ३ अण्डर हान्दै २१ स्कोर बटुले। त्यस्तै, ३ होलमा पार, १ मा त्रिपल बुगी र ५ होलमा बुगी खेले। ५ होलमा पार, एउटामा...
नेपालमा १९ वर्षमुनीको विश्वकप क्रिकेट एसिया छनोट हुने
नेपालमा १९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट हुने भएको छ। छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जनाएको छ। प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागि हुनेछन्। यो प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा सन् २०२६ मा हुने १९ वर्षमूनीको विश्वकपका लागि छनोट हुनेछ।
‘जनउत्तरदायी सरकारका लागि संचारमाध्यमको खबरदारी’
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन संचार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘रासस मिडिया संग्रहालय’को आज शुभारम्भ गर्दै उनले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुपर्छ’, मन्त्री...
न्यूज एजेन्सी राससमा ‘मिडिया संग्रहालय’ स्थापना
राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा ‘रासस मिडिया संग्रहालय’को स्थापना गरिएको छ। राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय भवनमा ‘मिडिया संग्रहालय’ को स्थापना गरिएको हो। संचार माध्यमको क्षेत्रमा लामो इतिहास बोकेको राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री संग्रहालयमा राखिएका छन्। संग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको हो। मिडिया प्रविधिमा आएका...
न्यु मिडिया समृद्धिका बाहक हुनुपर्छः अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले समृद्धिका बाहकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। प्रविधिको विकासले फड्को मार्दै जाने, समाचारको गुणस्तरमा परिवर्तन नआउने हो भने मिडिया जगतको विकास हुन नसक्ने उनले औँल्याए। अनलाइन र युट्युब माध्यमका सम्पादक, प्रकाशकको अन्तरक्रियामा शुक्रबार अध्यक्ष बस्नेतले भने, ‘सूचना प्रविधिको विकास सँगसँगै मिडियामा आउने समाचार सामग्रीको स्तरमा सुधार हुन...