माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

सर्वेश्वरको भाग्यशाली उपहार योजनाको लक्की ड्रमा पोखराकी लामाचौरकी रिनालाई स्कुटर
पोखरा । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको भाग्य चिट्ठा शनिबार खोलिएको छ । नेपालीको महान चाँडहरु बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा तीन महिना लामो अवधी राखेर समितिले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको शनिबार...
पत्रकार महिलाका लागि अदालती रिपोर्टिङसम्बन्धी कार्यशाला
पोखरा । पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग र न्यायमा पहुँच वृद्धिका लागि ‘अदालती रिपोर्टिङसम्बन्धी’ एक दिने कार्यशाला पोखरामा भएको छ । एसियाली महिला कोषको आर्थिक सहयोग, अधिवक्ता विनीता नेपालीको संयोजकत्व र नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा उक्र कार्यक्रम भएको हो । कार्यक्रममा अदालती रिपोर्टिङसम्बन्धी प्रस्तुति राख्दै उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले पत्रकारले...
बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री
ढोरपाटन । यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो ।...
टाइगर कप भलिबलमा आज दोस्रो क्वालिफायरका खेल हुने
पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आज दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन आज पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ । बिहान ११ बजेबाट...
टाइगर कप भलिबल
भारतको सुनिल क्लबलाई हराउँदै गण्डकी दोस्रो क्वालिफायरमा
 पोखरा । एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो । पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र...
आर्मीलाई हराउँदै पुलिस टाइगर कपको फाइलनमा प्रवेश
पोखरा  । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५...
टाइगर कप भलिबल
आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश
पोखरा ।आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले...
कास्कीमा २६ हजार बालिकालाई एचपिभी खोप लगाइने
पोखरा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानमा कास्कीका २६ हजार बालिकालाई खोप लगाइने भएको छ । कास्कीका पाँच वटै स्थानीय तहका गरी २६ हजार २ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश जनस्वास्थ्य कायर्कालय कास्कीले बताएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन आज आयोजित जिल्ला समन्वय समिति कास्कीका पदाधिकारी तथा सञ्चारकर्मीबीचको अन्तर्कियामा...
पोखरामा जारी व्यापार मेला शनिबारसम्म चल्ने
पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने निर्णय भएको  आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । मेला माघ १० गतेदेखि सुरु...
कांग्रेसका जिल्ला सभापतिको प्रशिक्षण पोखरामा
पोखरा । नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई माघ २२ र २३ गते पोखरामा प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई पोखरामा प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण कार्यक्रम पोखराको फूलबारीस्थित केसी क्याटरिङमा हुने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी गराए । उनका अनुसार प्रशिक्षण...