पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट पोखरा ल्याइएको छ । साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर बयान सकिएपछि तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज बिहान पोखरा ल्याइएको हो । चितवन प्रहरीका अनुसार हिजो राति ८...