माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

कान्छा न्यायाधीश राईको इजलासमा रवि लामिछानेको मुद्दा
पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा परेको छ । कुन मुद्दा कुन इजलासमा पर्ने भन्ने अदालतमा गोलाप्रथाद्वारा निर्धारण गरिन्छ । सोमबार गोलाप्रथा गर्दा लामिछानेको मुद्दा राईको इजलासमा परेको थियो । रविविरुद्धको मुद्दामा अदालतमा बयान सुरु भएको छ...
सहकारी ठगीमा पक्राउ परेका छविको अदालतमा बयान सुरु
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका ४४ विरुद्ध जिल्ला अदालतमा बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले आइतबार पुरक अभियोगमार्फत ४४ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको थियो । ठगी प्रकरणमा जोडिएकालाई सोमबारदेखि बयान लिन सुरु गरिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए...
पत्रकार महासंघ कास्कीको नयाँ कार्यसमितिको सपथ तथा पदस्थापन
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको १२ औं महाधिवेशनबाट निर्वाचित  कार्य समितिको आइतबार सपथ तथा पदस्थापन गरिएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट कास्कीमा निर्वाचित पदाधिकारी तथा सदस्य, केन्द्रीय परिषद् सदस्य तथा प्रदेश परिषद् सदस्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सपथ र पदस्थापन गरिएको हो । निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता...
 रैथाने बाली जोगाइँदै पोख रा महानगरपालिका
पोखरा । रैथाने बाली संरक्षणका लागि पोखरा महानगरपालिकाले किसान लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । उन्नत र वर्णशङ्कर जातका खाद्य बालीको व्यापक विस्तार भइरहेका बेला रैथाने बाली जोगाउन महानगर लागिपरेको हो । पोखराको पहिचान बोकेको जेठोबुढो धानसहित कोदो, फापर, कागुनो, उवालगायत रैथानी बालीको संरक्षण तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ...
बाजुरामा पाँच रेक्टरको भूकम्प
बाजुरा ।  बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।...
गण्डकीमा सफा, काेशीमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं ।  कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले...
एनपिएलमा  उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।...
सूर्यदर्शन सहकारीका १९ प्रतिवादीलाई थप बिगो मागसहित पूरक अभियोग
पोखरा ।  पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता भएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।जिल्ला सरकारी वकिलको कार्यालयल कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो । जिल्ला अदालतका...
सुनका गरगहना चोरी गरी फरार ३ जना  पक्राउ 
पोखरा । चोरी गरी फरार रहेका ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा न.३१ बेगनास गैह्राघर बस्ने वर्ष ७९ का वेदुनाथ अधिकारीको घरमा ३ जना नकावधारीले धारिलो हतियार खुकुरी देखाई निजको श्रीमतीलाई कुटपिट तथा लछारपछार गरी सुनका गरगहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ रिसिंङ गा.पा. वडा नं. २...
टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र
पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले...