ढकिया बनाउँदै संगम सहकारीका दिदिबहिनीहरु

ढकिया बनाउँदै संगम सहकारीका दिदिबहिनीहरु

संगम सहकारी

पोखरा–१५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायमा रहेका दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम दिएको छ।

‘समुदायप्रति चासो’ भन्ने सहकारीको सिद्धान्तलाई समेत आत्मसाथ राखी संस्थाका सेयर सदस्य भएका र नभएका दुबै बर्गलाई समेटी ६ दिने हस्तकला तालिम संचालन गरेको हो।

शिक्षा उपसमितिको पहलमा संस्थाकै हलमा भएको उक्त तालिमको समापन कार्यक्रममा प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष सावित्री कोइरालाले यस किसिमका तालिमले घर–घरमै स्वरोजगारको सिर्जना भई आर्थिक बिकासमा महत्वपूर्ण टेवा दिने बताइन्।

समाज बिकासका विभिन्न पाटाहरुमा संगम सहकारीले गरेको उल्लेखनीय कार्यबाट आफू धेरै अगाडीदेखि नै परिचित रहेको बताउदै खुशी व्यक्ति गरिन्।

संस्थाको परिकल्पना र सहकारी भावनाअनुरुप अझै अगाडी बड्दै जान सकोस भनी शुभकामना उनले शुभकमामना दिइन्।

संस्थाका अध्यक्ष नबराज तिवारीले संगमले दिएको बिगतका तालिमको समेत स्मरण गर्दै सिकेको सीपलाई आय–आर्जनसँग प्रत्यक्ष जोड्न अनुरोध गरे। साथै उद्यमी बन्न चाहनेहरुको लागि आवश्यक सहयोग गर्न संस्था सधै तयार रहेको उनले प्रतिबद्धता जनाए।

प्रशिक्षक सावित्री अधिकारीले दिदीबहिनीले बनाएका सामानको बिक्री बितरणलगायतका कार्यमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

शिक्षा उपसमिति सदस्य एवं तालिम संयोजक सरस्वती अधिकारीले बजारको माग हेरेर नै यो तालिम राखिएको बताइन्।

सहभागीको तर्फबाट बोल्दै नवजनशक्ति आमा समुहकी सचिव तोत्रादी बास्तोलाले आफुहरुले सिकेको सीपलाई भोलिबाटै ब्यवहारमा उतार्ने वाचा गरिन्।

कार्यालय प्रमुख बृहस्पति अधिकारीले संस्थागत परिचय राखेको तालिम कार्यक्रममा तिलक थापा, गंगा शर्मा तिम्सिना, रामश्री राना, गोमा गिरीलगायतले बोलेका थिए।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds