आगामी मंगलबारदेखि झरी पर्ने मौसम पूर्वानुमान

आगामी मंगलबारदेखि झरी पर्ने मौसम पूर्वानुमान

weather 3

पोखरा । आगामी सातादेखि नेपालमा झरीको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना देखिएको र मंगलबारदेखि करिब एक साता वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जनाएका छन्।  मंगलबार भने केही क्षेत्रमा भारी वर्षाको आकलनसमेत गरिएको छ।

मौसमविद् पोखरेल सामाजिक सञ्जालमा लेख्छन्, ‘अहिले लगभग सबै मोडेलले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको प्रभावले अर्को हप्ता मंगलबारदेखि करिब एक हप्ताभन्दा बढीसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत देखाएका छन्।

केही ठाउँमा भारी वर्षा पनि हुन सक्छ। तर, मोडेलअनुसार वर्षाको स्थान र मात्रा फरक देखिएकाले अहिले नै कुन ठाउँमा कति पानी पर्छ भनेर तोक्न गाह्रो छ। पूर्वानुमान अझै फेरिन सक्छ।’ धान काट्नु तथा पदयात्रामा निस्कनुअघि मौसम अपडेट लिन आग्रह गरिएको छ।

प्रतिक्रिया

भर्खरै