पाेखरा २८ ‌‍‌ओख्लेको भीरमा बस दुर्घटना, पाँचको मृत्यु १४ घाइते

पाेखरा २८ ‌‍‌ओख्लेको भीरमा बस दुर्घटना, पाँचको मृत्यु १४ घाइते

bus

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ओख्लेको भीरमा आज बिहान स्कुल दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । घाइतेको पश्चिमाञ्च क्षेत्रीय अस्पताल र जिएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बसमा १९ जना सवार रहेको प्रारम्भिक अनुमान प्रहरीकाे छ । कालिका बोर्डिङ स्कुलको ग २ क १४१७ नम्बर को बस आज बिहान करिब साढे ६ बजे दुर्घटनामा परेको हो । ‌ओख्लेबाट बस कालिका बाेर्डिङ भएकाे ठाउँ कालिका आउँदै थियाे । उद्धार कार्य सकिएकाे कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । दुर्घटनास्थल पोखराकाे मुख्य बजारबाट करिब १७ किमी पूर्वतर्फ पर्दछ ।

प्रतिक्रिया

भर्खरै