पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औ अधिवेशनमा स्वतन्त्ररूपमा कार्यसमिति सदस्य पदमा उमेदवार रहेका ८ उमेदवारहरुलाई व्यवसायी मतदाताहरूको बलियो समर्थन रहेको देखिएको छ ।
पोखराको महेन्द्रपुल,नयाँबजार,न्युरोड,बगर,लामाचौर लगाएतका ठाँउहरूमा गरिएको घरदैलो कार्यक्रममा सदस्यका ८ उम्मेदवारहरूलाई व्यवसायी मतदाताहरूले स्वतन्त्ररूपमा कुनै अध्यक्षको प्यानलमा नबसी उमेदवार बनेकोमा धन्यवाद दिदै आफुहरुको समर्थन रहेको र आगामी अधिवेशनहरुमा पनि यसरी नै स्वतन्त्र रुपमा निर्वाचनमा जानुपर्ने सुझाव दिएका थिए ।
घरदैलो कार्यक्रममा सदस्यका उमेदवारहरू अमृत पोखरेल,सुर्यराज घिमिरे (सुरेश) दुर्गा बराल,नविन नापित,मनोहरि पौडेल,राम कँडेल, कमल बहादुर सुनार,भानुभक्त अधिकारी सहभागी भएका थिए ।
सदस्यका ८ उम्मेदवारहरूले व्यावसायिक हकहितको संरक्षण, कर प्रणालीमा सुधार, बजार चलायमान बनाउने जस्ता प्रतिबद्धतासहित चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् ।
