पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ को समन्वयमा बुद्व विशाल बजारका व्यवसायीले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ६० लाख रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गरेका छन् ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बुद्व विशाल बजारका व्यवसायीद्धारा संकलन गरिएको लत्ताकपडा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
बुद्व विशाल बजारका व्यवसायीबाट संकलित लत्ताकपडा पोखरा महानगरपालिका मार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुरÞ्याइनेछ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुरÞ्याउने उद्देश्यले व्यवसायीले आफ्नो तर्फबाट राहत सामग्री संकलन गरी सहयोग गरेको बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुँवरले बताए ।
मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै गरिएको उक्त सहयोगले प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ । साथै, आगामी दिनमा पनि यस्ता विपद्का समयमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुँवरले प्रतिबद्धता व्यक्त गरेका छन् ।


बाढीका कारण प्रभावित नागरिकहरूको लागी तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाको लागी एशोसियसनले केहि दिन अघि मात्र प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ हजार रूपिया आर्थिक सहयोग गरिसकेको छ ।