रसुवा । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति ११:०५ बजेसम्म १ सय ५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९, रसुवामा ३ जना गरी १ सय ५७ जनाको शव फेला परेको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।