काठमाडौं । संघीय संसदकाे बुधबारकाे बैठकमा ११ जना सांसदले प्रधानमन्त्री बालेन्द्र साहलाई प्रश्न गर्ने भएका छन् । आज दिउँसाे एक बजे बस्ने संसदमा उनीहरुले प्रधानमन्त्री शाहलाई सीमा लगायतका विषयमा प्रश्न साेध्ने बुझिएको छ । बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैगर्दा मात्रै ती विषय सार्वजनिक हुनेगरी व्यवस्थापन गरिएको संसद् सचिवालयले जनाएको छ ।

यसअनुसार सभामुख डोल प्रसाद अर्याल (डीपी)ले प्रधानमन्त्री बालेनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएकाेमा ११ जना सांसदले प्रश्न दर्ता गरेका छन् । प्रश्नकर्ता सांसदहरूमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५८ मा प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनुपर्नेछ ।