पोखरा उद्योग वाणिज्य संघमा अबको नेतृत्व काे ?

३६ औं महाधिवेशन

पोखरा उद्योग वाणिज्य संघमा अबको नेतृत्व काे ?

pcci news

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं साधारणा सभा  २० र २१ गते हुँदैछ । अधिवेशनबाट संघको नेत‍ृत्व लिन  ४ जनाको प्रतिस्पर्धा हुने देखिएको छ ।  निवार्चन तालिका अनुसार  अध्यक्षमा उम्मेदवारी दिन शुक्रबार ४ जनाले मनोनयन पत्र बुझेका छन् ।मनोनयन पत्र  लिन तोकिएको समय शुक्रबार अपराह्न ५ बजेसम्ममा  वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम र यसअघि अध्यक्ष पदमा  पराजित अर्जुन पोखरेलले मनोनयन पत्र लगेका हुन् ।

निर्वाचन समितिका संयोजक दामु अधिकारीका अनुसार संघको वरिष्ठ उपाध्यक्षका लागि अहिलेका उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोला र कार्यसमिति सदस्य टीकाराम सुवेदीले मनोनयन पत्र बुझेका छन् । उद्योगतर्फको उपाध्यक्षका लागि सौगात थापा र ललितबहादुर कुवँरले मनोनयन पत्र लगेका छन् । थापा र कुँवर दुबै वर्तमान कार्य समिति सदस्यहरु हुन् । वाणिज्यतर्फको उपाध्यक्षका लागि वर्तमान कार्यसमितिका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ र कार्यसमिति सदस्य भीम गौतमले मनोनयन पत्र बुझेका छन् ।

महासचिवमा सुदीप प्रधानांग र तारानाथ ढुंगानाले मनोनयन पत्र लगेका छन् । महासचिवका आकांक्षी प्रधानांग वर्तमान उप–महासचिव हुन् भने ढुंगाना यसअघि पनि महासचिवमा पराजित उम्मेदवार हुन् । यसैगरी, वर्तमान कार्यसमिति सदस्य देवेन्द्र प्रजु र जीवनप्रकाश श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिनका लागि मनोनयन पत्र बुझेका छन् । उप–महासचिवमा यादवप्रसाद पोखरेल, रामचन्द्र तिमिल्सिना र प्रदीप राजभण्डारीले मनोनयन पत्र लगेका छन् । उप–महासचिवका उम्मेदवार तीनैजना वर्तमान कार्यसमिति सदस्य हुन् ।

खुला सदस्यमा गोविन्दबहादुर केसी, मनोहरि पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कँडेल, दुर्गा बराल, सूर्यराज घिमिरे (सुरेश), कमलबहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाईं, दिलिपकुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीले मनोनयन पत्र लिएका छन् । यसैगरी, वस्तुगत चार सदस्यका लागि लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरुले मनोनयन पत्र लगेका छन् । उद्योगतर्फको एक सदस्यका लागि पीताम्बर अधिकारीले मात्र मनोनयन पत्र लगेको सचिवालयले जनाएको छ ।

विधान र कार्यविधि अनुसार मनोयन पत्र शुल्क लिइएको संयोजक अधिकारीले बताए । उनका अनुसार अध्यक्षका लागि १ लाख ५० हजार, अन्य पदाधिकारीका लागि १ लाख र सदस्यका लागि २५ हजार रुपैयाँ शुल्क छ । शुक्रबार लिएको मनोनयन पत्र सोमबार बुझाउने समय तोकिएको छ । भदौ ८ गते बिहान ११ देखि ५ बजेसम्म मनोनय पत्र बुझाउने समय तोकिएको संयोजक अधिकारीले जानकारी दिए । उम्मेदवारकाे अन्तिम नामावली भदाै ११ गते प्रकाशित गर्ने कार्य तालिका छ ।

प्रतिक्रिया