नेपाल पूर्वप्रहरी संगठनको स्थापना दिवसमा खाद्यान्न वितरण

नेपाल पूर्वप्रहरी संगठनको स्थापना दिवसमा खाद्यान्न वितरण

purba police

पोखरा । नेपाल पूर्वप्रहरी संगठनको ३६ औं स्थापना दिवसको अवसरमा पूर्वप्रहरी संगठन लेखनाथ इकाइले खाद्यान्न वितरण गरेको छ ।संगठनले पोखरा २७ मा रहेको कृष्ण प्रणामी वृन्दावन धाम तथा स्वामी सदानन्द गुरुकुलमा खाद्यान्न वितरण गरेको हो । खाद्यान्न वितरणमा पूर्व प्रहरी परिवार महिला संघको पनि सहभागिता रहेकाे थियाे ।

उक्त अवसरमा पूर्वप्रहरी संगठन लेखनाथ इकाइका अध्यक्ष कृष्ण तिमिल्सेनाले स्थापना दिवसमा शुभकमना व्यक्त गरेका थिए । संगठन सामाजिक तथा मानवीय सेवाका कार्यमा सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया

भर्खरै