विजयपुर खोलाले बगाएका दुई बालककाे पहिचान खुल्यो

विजयपुर खोलाले बगाएका दुई बालककाे पहिचान खुल्यो

bijayapur khola

पोखरा । पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो दुई जना बालक खोलाले बगाएर बेपत्ता भएका छन् ।  पोखरा  १४ विजयबस्ती नजिकबाट वडा नम्बर २६ सक्नेरीतर्फ जाने क्रममा दिउँसो करिब १ बजेतिर उनीहरुलाई खोलाले बगाएको हो । भगवती हाइड्रोपावर नजिकै खोला तर्दा  दुई बालक बेपत्ता भएकाे प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा १४ छिन्नेडाँडा आर्मी पल्ट्रिङमा बस्ने १४ वर्षका निकसन गुरुङ र खाेटाङ घर भइ पाेखरा १४ चाउथेमा भाडामा बस्ने १६ वर्षीय ओमन राइलाई खोलाले बगाएको पुष्टि भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीहरु घटनास्थलमा परिचालन भएका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमान्डमा ७ जनाको टोली खटिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रामजी देवकोटाको नेतृत्वमा ७ जनाको टोली पनि खोजीमा जुटेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमान्डमा ७ जनाको टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरी बलको बेस क्याम्प कुँडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा ९ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ । ‘हामीले गोताखोरसहितको टोली परिचालन गरेर खोजी कार्यलाई तीव्र बनाएका छौं,’ प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीले भने ।

खोलाले बगाएका बालकहरुको खोजी र घटनाबारे थप बुझ्ने कार्य भइरहेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय शिशुवाबाट करिब ६ किलोमिटर पश्चिम दक्षिणमा पर्छ । अहिलेसम्म अर्का बालकको कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरुले खोलाको तल्लो तटीय क्षेत्रमा पनि निगरानी बढाइरहेका छन् ।

प्रतिक्रिया