पोखरा उद्योग वाणिज्य संघको खुला  सदस्यमा मनोहरि पौडेलको उम्मेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य संघको खुला  सदस्यमा मनोहरि पौडेलको उम्मेदवारी घोषणा

manohari paudel
पोखरा। पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि खुला कार्यसमिति सदस्य पदमा मनोहरि पौडेलले  उम्मेदवारी घोषणा गर्नुभएको छ।

पोखरा उद्योग वाणिज्य संघको  कार्यसमिति सदस्यका रूपमा क्रियाशील पौडेलले आफ्नो व्यावसायिक नेतृत्व, सामाजिक सक्रियता र संस्थागत जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ यस पटक खुला कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको बताउनुभएको छ। उहाँसँग व्यवसाय, सामाजिक सेवा, धार्मिक तथा सञ्चार क्षेत्रमा काम गरेको लामो र विविध अनुभव रहेको छ।

उम्मेदवारी घोषणा गर्दै पौडेलले आफ्नो अनुभव र क्षमतालाई उद्योगी–व्यवसायीको हित र संघको चौतर्फी विकासमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निर्वाचनमा विजयी भएमा उद्योगी–व्यवसायीको हकहितको संरक्षण गर्ने, संघको संस्थागत सुदृढीकरण गर्ने, व्यवसायमैत्री वातावरण निर्माण गर्ने, निजी क्षेत्रका साझा मुद्दाहरूको प्रभावकारी पैरवी गर्ने तथा उद्योग, व्यापार र उद्यमशीलताको प्रवर्द्धन गर्ने आफ्ना मुख्य कार्ययोजना रहेको उहाँले स्पष्ट पार्नुभएको छ।

आगामी भदौ २० र २१ गते हुने संघको निर्वाचनका लागि उहाँले सम्पूर्ण उद्योगी तथा व्यवसायी मतदाताहरू समक्ष अमूल्य मत, साथ, सहयोग र विश्वासको हार्दिक अपेक्षा गर्नुभएको छ। सक्षम र जिम्मेवार नेतृत्व चयनका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै उहाँले आसन्न महाधिवेशनमा व्यावसायिक एकता र सुदृढीकरणका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयाे । 

प्रतिक्रिया