गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुसुमाकर न्यौपाने

गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुसुमाकर न्यौपाने

Kulpati-Photo

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व र सदस्यहरू नियुक्त गर्दै प्राज्ञ सभालाई पूर्णता दिएको छ । प्रतिष्ठानको कुलपतिमा लोकसाहित्यका विज्ञ प्रा. डा. कुसुमकुमार (कुसुमाकर) न्यौपाने नियुक्त भएका छन् । यसैगरी, उपकुलपतिमा शंकर विरही गुरुङ र सदस्य–सचिवको जिम्मेवारी मनकुमार श्रेष्ठले पाएका छन् ।

प्राज्ञ सभा सदस्यका लागि विभिन्न विधाका २४ जना व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ । जसमा साहित्य, संगीत, संस्कृति, लोकसाहित्य, चित्रकला, मूर्तिकला, चलचित्र र लोकदोहोरी जस्ता सिर्जनात्मक क्षेत्रका विज्ञहरू समेटिएका छन् । सोही २४ जना मध्येबाट गुरुङ उपकुलपति र श्रेष्ठ सदस्य सचिव बनेका हुन् ।

गण्डकी प्राज्ञ प्रतिष्ठान ऐन, २०७६ को कानूनी प्रावधानमा टेक्दै सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश सरकारले उनीहरुलाई नियुक्ति गरेको हो । ऐनको दफा ७ र ८ मा व्यवस्था भए बमोजिम नियुक्त भएका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहनेछ ।

प्रतिक्रिया