अमेरिका बेल्जियमको सामना गर्दै

अमेरिका बेल्जियमको सामना गर्दै

FFF-09

काठमाडौँ । प्रतियोगितामा चुनौती कायम रहेको एकमात्र सह–आयोजक अमेरिकाले मंगलबार बेल्जियमको सामना गर्दैछ र यसको विजेताले क्वाटरफाइनलमा स्थान बनाउनेछ । अमेरिका सन् २००२ यता पहिलोपटक अन्तिम आठमा प्रवेश गर्ने प्रयासमा हुनेछ । यो सन् २०१४ को विश्वकपको अन्तिम १६ को खेलको पुनरावृत्ति पनि रहनेछ । त्यस खेलमा बेल्जियम अतिरिक्त समयमा विजयी रहेको थियो । मंगलबारको खेलको विजेताले अब स्पेनको सामना गर्नेछ ।

खेल आफैं भने अमेरिकी खेलाडी फोलारिन बालोगनको रातो कार्डका कारण एक खेल प्रतिबन्धको निर्णय फिर्ता गरिएका कारण चर्को विवादमा परेको छ । बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको अन्तिम ३२ को खेलका क्रममा उनलाई रातो कार्ड देखाइएको थियो र यसक्रममा उनी स्वतः एक खेलमा प्रतिबन्धमा परेका थिए ।

तर फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधपछि फालोगनमाथिको प्रतिबन्ध हटाइएको बताइएको छ । यद्यपि, फिफाले यसलाई अस्विकार गरेको छ । अब बालोगन बेल्जियमविरुद्ध मैदानमा उत्रिनेछन् । बेल्जियमलगायत युरोपेली फुटबल महासंघ सबैले फिफाको यो निर्णयको विरोध गरेका छन् ।

प्रतिक्रिया