पचपन्न प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट 

पचपन्न प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट 

accident_UPDhwBMd6M

काठमाडाैं । नेपाल प्रहरीको तथ्यांकअनुसार मुलुकभर सबैभन्दा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखिन्छ । पछिल्लो पाँच वर्षमा मुलुकभर एक लाख ८८ हजार ४७६ दुर्घटना भए ।

जसमध्ये एक लाख पाँच हजार २७० दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिन्छ । यो कुल दुर्घटनाको ५५.८५ प्रतिशत हो । सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको देखिन्छ । यस अवधिमा मात्रै तीव्र गतिका कारण ४६ हजार ३९८ दुर्घटना भए । त्यस्तै, लाइसेन्सविनाका चालकले चलाउँदा यो अवधिमा १२ हजार ९५९ दुर्घटना भएका छन् ।

मादक पदार्थ सेवन दुर्घटना हुने अर्को कारण हो । यस अवधिमा पाँच हजार ५३३ दुर्घटना मापसेका कारण भएको देखिन्छ । त्यस्तै, ओभर टेक गर्दा नौ हजार ९२२ दुर्घटना भएका छन् । ट्राफिक नियम उल्लंघन गर्दा चार हजार २४२ दुर्घटना भएका छन् । जथाभावी बाटो काट्दा ४७१, चालक निदाउँदा एक हजार २७७, मोबाइल फोन चलाउँदा ६८८ सवारी दुर्घटना भएका छन् । बाँकी २३ हजार  ७८० दुर्घटना भने अन्य कारण भएको देखिन्छ ।

प्रतिक्रिया