अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस
पोखरा । मुलुकको कुल खपतको तीन महिनाको माग धान्न पुग्ने क्षमताको पेट्रोलियम पदार्थको भण्डारण गृह बनाउन आगामी आर्थिक वर्ष ०८३/८४ मा मातृभूमि कोष निर्माण गरिने भएको छ ।


अहिले भने १५–२० दिनको माग धान्न सक्ने भण्डारण गृह मात्रै छ । त्यस्तै, पेट्रोलियम पदार्थबाट उठाउँदै आएको सडक मर्मत दस्तुर शुल्क, प्रदूषण शुल्कलगायतलाई एकीकृत गरी ‘हरित कर’ शीर्षकमा एकमुस्ट रकम उठाउने प्रावधानसमेत लागू गर्ने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरेका छन् ।
