पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेका एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब साढे ११ बजे फुस्रे खोलामा पौडी खेल्ने क्रममा पोखरा १८ ड्यामसाइड बस्ने १२ वर्षीय स्वहेन नेपाली बेपत्ता भएका थिए । बालक डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो ।


सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले खोजी गर्ने क्रममा करिब २० फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेको थियो । उद्धारपछि उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा बिहीबार दिउँसो पौने १ बजे चिकित्सकले मृत घोषणा गरेका सशस्त्र प्रहरीले जनाएको छ ।