पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

thagi arested

पोखरा । कास्कीको मादी गाउँपालिका–५ सुन पदेंलीबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। वैशाख ३० गते साँझ करिब ६ बजे जुवातास खेलाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेसन पत्ता लगाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो।

प्रहरीले उक्त स्थानबाट जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न ८ जनालाई नगद २ लाख ८७ हजार ८ सय ८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया