पोखरा । तारकाङ–पोखरा सम्पर्क समाजको शनिबार पोखरामा सम्पन्न १० औं साधारण सभा एवं छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि मनोहरि सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समिति उपाध्यक्षमा बिन्दु आचार्य सापकोटा, सचिवमा इन्जिनियर नेत्र तिमिल्सेना, सहसचिवमा कल्पना घिमिरे सापकोटा र कोषाध्यक्षमा अमृतराज सापकोटा चयन भए । सदस्यमा सीता सापकोटा, कल्पना पौडेल सापकोटा, राधाकृष्ण देवकोटा, राधा सुवेदी सापकोटा, गुरुप्रसाद लामिछाने र आनन्द सापकोटा छन् ।
कार्यक्रम उद्घाटन गर्दै मादी गाउँपालिका वडा ४ का वडाध्यक्ष शिवराज सापकोटाले समाजले गाउँवासीका समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
समाजका अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद सापकोटा (रवि), निवर्तमान अध्यक्ष नारायण सापकोटा, सापकोटा कल्याण केन्द्र गण्डकीका अध्यक्ष बुद्धिसागर सापकोटा, तारकाङ डाँडाथोक समाजका अध्यक्ष मित्रलाल सापकोटा, आजीवन सदस्य दामोदर सापकोटा, सल्लाहकार मनोहरि सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा आजीव सदस्यका छोराछोरीमध्ये गत वर्षको एसइईमा उत्तीर्ण सुदीप सापकोटा, उत्कृष्ट सापकोटा (विपुल), अञ्जना सापकोटा, स्वयं सापकोटा र विमोचन सापकोटालाई सम्मान गरियो । साथै, गत आव २०८१÷८२ मा विभिन्न संघसंस्थामामा प्रमुख पदमा नियुक्त भएकालाई सम्मान गरियो । यसरी सम्मानित हुनेमा पुरुषोत्तम सापकोटा, वसन्त सापकोटा, सुमन पहारी, बुद्धिसागर सापकोटा, लेखनाथ सापकोटा, मनोहरि सापकोटा, गौरी सापकोटा, बुद्धिप्रसाद सापकोटा, होमनाथ लामिछाने र होमनाथ पोखरेल छन् ।
समाजका उपाध्यक्ष शरद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सदस्य विजय सापकोटाले गरे । साथै, सचिव भीमप्रसाद पौडेल र कोषाध्यक्ष बिन्दु आचार्य सापकोटाले पेस गरेको संस्थाको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।