संसारको २० प्रतिशत ग्यास निर्यात केन्द्रमा आक्रमण, के होला असर ?

संसारको २० प्रतिशत ग्यास निर्यात केन्द्रमा आक्रमण, के होला असर ?

rass-laffan

काठमाडौँ । कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम देखिएको छ । यहाँ बुधबार इरानले प्रहार गरेका ५ मध्ये एउटा मिसाइलले ठूलो क्षति गराएको छ ।

इरान युद्ध सुरु भएदेखि नै यस क्षेत्रमा अस्थायी रुपमा उत्पादन बन्द थियो । तर, अहिलेको क्षतिले उत्पादनमा ठूलो असर गर्ने र विश्वव्यापी रुपमा इन्धनको भाउ बढाउनसक्ने विश्लेषकहरुले बताएका छन् । यहाँ आक्रमण भएलगत्तै इन्धन बजार अस्थिर बनेको छ । बुधबार अन्तर्राष्ट्रिय मापदण्डको कच्चा तेल ब्रेन्ट क्रुडको भाउ बढेर उच्चबिन्दूमा  १ सय ११ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुगेको थियो ।

‘भारतले आफ्नो आवश्यकताको ५० प्रतिशत ग्यास अन्तर्राष्ट्रिय बजारबाट आयात गर्छ । यसमध्ये झन्डै ४० प्रतिशत एलएनजी कतारबाट आउँछ,’ उर्जा अर्थशास्त्री किरिट पारिखले एनडिटिभीसँग भने,‘भारतले आफ्नो ग्यास खपत घटाउनुपर्छ । विशेषगरी औद्योगिक क्षेत्र र त्यसमा पनि उर्जा क्षेत्रको उत्पादन क्षमता घट्नेछ ।’

रास लाफान पर्सियन खाडीको किनारमा रहेको औद्योगिक शहर हो ।राजधानी दोहाबाट झन्डै ८० किलोमिटर पर रास लाफान औद्योगिक केन्द्र छ । यहाँबाट निस्किएका जहाजहरु हर्मुजको जलघाँटी हुँदै विश्वबजारमा पुग्छन् ।

प्रतिक्रिया