नेतृत्व फेर्ने बहसले कांग्रेस–एमालेमा किचलो

नेतृत्व फेर्ने बहसले कांग्रेस–एमालेमा किचलो

congress_uml_KJTgF7VJ5N

काठमाडाैं । २१ फागुनमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएसंगै लज्जास्पद हार व्यहोरेका पुराना दलका अध्यक्ष र सभापतिले राजीनामा दिनुपर्ने आवाज चर्कोरुपमा उठ्न थालेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्वले राजीनामा दिनुपर्ने बहस सुरु भएको छ ।

निर्वाचनमा अप्रत्याशित हार व्यहोरेपछि पार्टीभित्र नेतृत्वको औचित्य, रणनीतिक कमजोरी र जिम्मेवारी ’boutमा बहस सुरु भइरहँदा अर्को दल नेपाल कम्युनिस्ट पार्टी भने नेतृत्व परिवर्तनका विषयमा मौन छ । विशेष महाधिवेशनबाट कांग्रेसको सभापति भएका गगनकुमार थापाले आफैँ निर्वाचनमा पराजित भएका छन् । तर पार्टीभित्र निर्वाचनको समीक्षा समेत अहिलेसम्म हुन सकेको छैन ।

नेतृत्वले राजीनामा दिनुपर्ने र दिन नहुने दुवै किसिमको आवाज सार्वजनिक भइरहेको छ । थापा निकटका नेताहरूले राजीनामा दिन नहुने बताउँदै गर्दा संस्थापन इतरका नेताहरूले पराजयको जिम्मेवारी लिँदै तुरुन्त राजीनामा गरेर १५औं महाधिवेशनमा जानुपर्ने तर्क गरिरहेका छन् । विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताउँदै उनीहरूले अब नियमित महाधिवेशनमा जानुपर्ने जनाएका छन् ।

कांग्रेस नेता एवं राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले पार्टी सभापति थापाले तुरुन्त तत्काल महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद पराजय व्यहोर्नुपरेको जिकिर गर्दै उनले थापाले राजीनामा दिनुपर्ने बताए । जनताले दिएको म्यान्डेटलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै उनले विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गरे । कांग्रेस नेता एवं राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले थापासहितका नेताहरूले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाएका छन् । कांग्रेसमा विशेष महाधिवेशनको औचित्य समाप्त भएको र एमालेमा महाधिवेशनबाट अनुमोदित नेतृत्वमा जनमतमा अस्वीकृत भएकाले विकल्प दिनुपर्ने माग बढेको छ ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेकाले कांग्रेस जस्तो चर्को बहस एमालेमा छैन । यद्यपि नेतृत्वले विकल्प दिनुपर्ने आवाज भने उठिरहेको छ । कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको टिप्पणी गरेका छन् । पार्टीको आन्तरिक विवादसँग जोडिएर सर्वोच्च अदालतमा पुगेको मुद्दालाई छिटो किनारा लगाउन उनले आग्रह समेत गरेका छन् ।

विशेष महाधिवेशन’bout नेता सिटौलाले संस्थागत रूपमा आफूहरूले त्यसलाई आवश्यक नठानेको स्पष्ट पारेका छन् । पार्टीको आन्तरिक विषयलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले पार्टीको आगामी बाटो तय गर्न प्रभाव पार्ने भएकाले यसलाई छिटो टुङ्ग्याउनुपर्ने उनले जनाएका छन् । एमालेभित्रमा नेताहरू योगेश भट्टराइ, सुरेन्द्र पाण्डे, रचना खड्का, उषाकिरण तिमिल्सिनालगायतकाले नेतृत्वमाथि प्रश्न उठाउँदै राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया