फागुन २१ काे प्नतिनिधि सभा चुनावमा कति मत बदर ?

फागुन २१ काे प्नतिनिधि सभा चुनावमा कति मत बदर ?

election-750×817

पोखरा । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षमा ५.४५ प्रतिशत, समानुपातिकमा ३.९५ प्रतिशत मत बदर भएको छ ।  एक करोड ८९ लाख तिन हजार ६ सय ८९ मतदाता मध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो । कुल मतदानमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको थियो । यो कुल मतदानको ९४.५५ प्रतिशत हो ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो । यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ । यो समानुपातिकतर्फ भएको मतदानको ९६.०५ प्रतिशत हो ।

प्रतिक्रिया