एमालेकाे लालकिल्ला भत्काउँदै कास्की २ बाट रास्वपाका उत्तम विजयी

एमालेकाे लालकिल्ला भत्काउँदै कास्की २ बाट रास्वपाका उत्तम विजयी

uttam-

पोखरा । कास्की क्षेत्र नम्बर २ मा  एमालेको विरासत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (एमाले) को बलियो पकड मानिने याे क्षेत्रमा पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रश्मि आचार्यलाई २४ हजार ४१८ मतको फराकिलो अन्तरले पराजित गरे । पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दा आचार्य ७ हजार ४९३ मतमा सीमित भए ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोलाले ६ हजार ५०० मत पाए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हेमजङ गुरुङले १ हजार ६४३, नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ र उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत ल्याए । अन्य साना दलका उम्मेदवारले भने निकै कम मत प्राप्त गरे ।

प्रतिक्रिया