इरानमा मारिनेको संख्या ७८७ पुग्यो

इरानमा मारिनेको संख्या ७८७ पुग्यो

Iran-teharan-1024×500

इरानमा अमेरिका र इजरेलको संयुक्त आक्रमण सुरु भएयता मारिने मानिसहरूको सङ्ख्या ७८७ जना पुगेको रेड क्रेसन्टले बताएको छ।

इरानमा रहेका एक जना संवाददाताले शनिवारयता तेहरानका प्रत्येक भागहरूमा आक्रमण भएको बताएका छन्। नातान्जको परमाणु क्षेत्रमा भएको क्षति बीबीसी भेरिफाईले अवलोकन गरेको छ। इजरेलले इरानसँगै लेबनानको राजधानी बेरुतमामा पनि आक्रमण जारी राखेको छ।

इजरेलको सेनाले इरानको सहयोगी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध हवाई आक्रमण भइरहेको बताएको छ। यसअघि अमेरिकाको मध्यस्थतामा दुई पक्षबीच भएको युद्धविराम पछिल्ला आक्रमणले सङ्कटमा परेको छ।

आक्रमणपछि बेरुतका हजारौँ बासिन्दाहरू घर छोडेर भागिरहेका छन्। इजरेलले थप हजारौँ मानिसहरूलाई सीमा क्षेत्रका गाउँबाट बाहिरिन चेतावनी दिएको छ। लेबननको सेना दक्षिणी क्षेत्रबाट पछि हटिरहेको विवरण आएका छन्। साभर बिबिसी डटकम नेपाली  ।

प्रतिक्रिया