पोखरा–१४ मा एमालेको घरदैलो

पोखरा–१४ मा एमालेको घरदैलो

wada 14

पोखरा । नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–१४ का मतदातासँग भेटघाट गरेका छन् । उनले सोमबार पोखरा–१४ का खाल्टेमसिना, भोटेचौतारा, काजीपोखरी, चाउथेलगायत प्रमुख वस्तीसहित उक्त वडाका करिब २० वटा टोलमा पुगेर मतदाता भेटेका हुन् ।

अधिकारीले आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुँदा मझेरीपाटनको रामेश्वरी माविको आठ कोठे भवन निर्माणका लागि पहल गरेको सम्झिए । सुकुम्बासी समस्या समाधानका लागि एमालेले पुनः सक्दो भूमिका खेल्ने उनले बताए । स्थानीयले चोरीको समस्या रहेकाले सीसीटिभिको आवश्यकता वडाभित्र देखिएको विषय उम्मेद्वार अधिकारीसमक्ष राखेका थिए । उम्मेद्वार अधिकारीले आफू निर्वाचित भएपछि पूर्वाधार निर्माण, सुरक्षा जोखिम न्यूनिकरण, आर्थिक विकास र संसदीय सहभागितामा सक्रिय हुने प्रतिबद्धता जनाए । उनले पूर्वाधार निर्माणमा जनसहभागिता पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।

कास्की–१ मा एमालेले जितेपछि नै पूर्वाधार निर्माणतर्फ सम्झनलायक काम भएको उनले दाबी गरे । उनले नयाँ पार्टी आएको भनेर भ्रममा नपर्न मतदातालाई आग्रह पनि गरे । एमालेले मंगलबारदेखि मादी गाउँपालिकामा घरदैलो गर्ने तयारी गरेको छ । मंगलबार मादी–१, ६ र ७ मा घरदैलो हुनेछ ।

प्रतिक्रिया