पोखरा ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेश बहादुर कार्कोले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका राम्रा भनेर चिनिने सहकारीहरु मध्यमा नि उत्कृष्ट सहकारी रहेकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए ।
सहकारीका अध्यक्ष दिपक कार्कीले सहकारीको मुल्य,मान्यता अनुसार चापापानी सहकारी चलेको बताउदै सहकारीलाई अहिले थप व्यवस्थित रुपले सञ्चालन गरिएको बताए । कार्यक्रममा सहकारकिा सललाहकार डा. अनिल सुवेदीले चापापानी सहकारीले प्रगति गरेकोमा खुशी प्रकट गर्दे आगामी दिनमा अझ प्रगती गर्दे जाओस भन्दै शुभकामना दिएका थिए । सहकारीक शेयर सदस्य पुरन श्रेष्ठले आफु यस संस्थाको स्थापना कालदेखी नै आवद्ध भएको बताउदै चापापानी सहकारी प्रति पोखरा १२ का जनता मात्र नभई पोखराभरीका जनताको विश्वास रहेको बताए ।

चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक कार्कोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्याम प्रसाद साँखीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहकारीकी व्यवस्थापक करुणा शाहीले सहकारीको हालसम्मको बितिय अवस्थाको बारेमा जानकारी गराएकी थिईन् । कार्यक्रममा सहकारीका शिक्षा संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्वान्त बाचन गरेका थिए भने सहकारीका सचिव ईन्दिरा भण्डारी कोईरालाले कार्यक्रम सन्चालन गरेकी थिइन् ।