पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) अन्डर १९ महिला फुटबलमा नेपालले आज बंगालादेशकाे सामना गर्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा नेपाल र बंगालादेशकाे खेल दिउँसो ३ बजे सुरु हुनेछ । आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

४ टाेली सहभागी खेलमा बंगलादेश २ खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले एकमा हार र एकमा जितसहित ३ अंक, भारत पनि एकमा जित र एकमा हारसहित ३ अंक छ । २ खेलमा हारेको भुटान अंक रहित छ ।नेपाल फाइनल जानको लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
आफ्ना दुई खेलमा जित निकालेको बलियाे टिम बंगलादेशलाई हराउन नेपाल कडा परिश्रम गर्नुपर्नेछ । कमजोर मानिएको भुटान २ खेलमा पराजित छ । ४ टोली सहभागी फुटलबलमा सबैले एक अर्कासँग खेल्नुपर्नेछ । साफ फुटबल माघ २४ गतेसम्म चल्नेछ । सिङ्गल राउन्ड रोबिन लिगपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टिमबिच फाइनल हुने प्रावधान रहेको छ ।